शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान २ स्थित भवरा नहरको पानी व्यवस्थापन गर्न नगरप्रमुख चौधरीको

9 Views

असाड १, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १ - 
भवरा नहरको पानी थुनिएर बस्तीमा पानी पस्ने समस्याबाट लहानका स्थानीयवासी चाडै निकास पाउने भएका छन्। लहान नगरपालिकाको १ र २ नम्बर वडाबाट बग्ने भवरा नहर पुरेर घरसमेत निर्माण गरिसकेकाले प्रत्येक वर्ष नहर भत्किने र नहरको वरिपरि रहेको नयाँ बस्तीमा पानी पसेर ठूलो समस्या उत्पन्न भइरहेको हुँदा समस्या सामाधान गर्नका लागि नव निर्वाचित नगरप्रमुख महेश प्रसाद चौधरी र उपप्रमुख रामचलितर महतो संगै नगरपालिकाका प्राविधिक टोलीले आज विहान स्थलगत अनुगमन गरेका छन्। अनुगमन गर्दै नगरप्रमुख चौधरीले पानीले जलमग्न भएको बस्तीको समस्या समाधान गर्न प्राविधिक टोलिलाई निर्देशन दिएका छन्। प्राविधिक टोलीले आज बुधबार बाट काम अगाडी बढाउने बताए पछि वडा न.२ मिलन चौक स्थित नहर वरिपरि रहेका नयाँ बस्तीका वासिन्दाहरु हर्षित भएका छन्।

प्रत्येक वर्ष नहर भत्किने र नहरको वरिपरि रहेको नयाँ बस्तीमा पानी पसेर ठूलो समस्या उत्पन्न भएको स्थानीय विन्देश्वर चौधरीको भनाइ छ । वर्षाको समयमा नहरको डिलमा रहेका एक सय घर दलित समुदाय रातभरि जाग्राम बस्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय प्रमिला रामले दुखेसो पोख्नुभयो । नहरको पानी खुलस्त रूपमा बग्न लहान–२ देखि लहान–१९ को सिमानासम्म दुई किलोमिटर उकास गर्नुपर्ने अवस्था छ । यसका लागि पटक–पटक लहान नगरपालिकासँग गरेको आग्रहको सुनुवाइ समयमा नहुँदा समस्या झन् जटिल बन्दै गए पनि नवनिर्वाचित नगरप्रमुख चौधरी र उप प्रमुख महतोले स्वयम आफै नहरको अनुगमन गरेको हुँदा चाडै समस्या सामाधान हुने प्रति स्थानीय विश्वस्त छन्।

लायन्स क्लव अफ लहान फूलबारीको होलि
फाल्गुन २५, २०८१ | फिरोज शेख
सोमबार सम्पन्न क्रिकेट खेलमा लहान ८
फाल्गुन १३, २०८१ | फिरोज शेख
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान
फाल्गुन ११, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.