शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगर प्रमुख चौधरी किरिया खर्चलाई निरन्तरता दिदै

9 Views

असाड १, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १ - 
लहान नगरपालिका नगरप्रमुख महेश प्रसाद चौधरीले घोषणा गर्नु भएको दलित समुदायमा मृत्युसंस्कार गर्न किरिया खर्च उपलब्ध गराउने कार्य लाई निरन्तरता दिएका छन। लहान नगरपालिकामा नगरप्रमुख पदमा चौधरी निर्वाचित भएपछि सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै नगरभरिका मुसहर,सदाय तथा डोम समुदायको विपन्न परिवारलाई मृत्युसंस्कार गर्न किरिया खर्चका लागि ५ हजार दिने घोषणा गरेका थिए । सोही अनुसार किरिया खर्च वितरण कार्यलाई उहाँले निरन्तरता दिदै लहान २४ पक्कि टोलमा जेठ ३० गते अचानक मृत्यु भएका स्थानीय ४५ वर्षीय रामप्रसाद सदायको परिवारलाई नगरप्रमुख चौधरी आफै घरमा पुगी किरिया खर्चका लागि नगद ५ हजार सहयोग गर्नु भएको छ। नगरप्रमुख चौधरी मृतक रामप्रसाद सदायकि श्रमती भलु सदाय र छोरा गोगिन्द्र सदायलाई घरमै पुगी किरिया खर्चका लागि ५ हजार उपलब्ध गराउदै थप सहयोग पनि गर्ने नगरप्रमुख चौधरीले जानकारी गराए। सुकुम्बासी , भुमिहिन परिवार अन्तर्गत पर्ने स्वर्गीय सदायको श्रीमति संगै २ छोरा र एक छोरी छन् । मेयर चौधरीले घरमै पुगेर रकम हस्तान्तरण गरेपछि उक्त परिवार संगै स्थानीयहरु खुसी भएका छन् ।

 

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.