शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान बजार अनुगमन : लाखौका प्रतिबन्धित पाउडर सहित सामानहरु फेला
असाड ३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार ३ - 
सिरहाको लहानमा विहिवार बजार अनुगमनको क्रममा लाखौको म्याद गुज्रिएका सामान र प्रतिबन्धित पाउडर फेला परेका छन। लहान नगरपालिका पशु विकास शाखाको स्वीकृत कार्यक्रम अनुसार लहान नगरपालिका उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा लहान नगरपालिका वडा न.१५ का वडा अध्यक्ष तथा पशु विकास संयोजक तेज नारायण चौधरी,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंह,ईलाका प्रहरी कार्यलय लहानका सव-इन्स्पेक्टर ,पशु विकास शाखा लहान अधिकृत राम कृष्ण यादव ,पशु विकास शाखाअधिकृत छैठौ विशेश्वर प्रसाद चौधरी,लहान नगरपालिका जनस्वास्थ्य अधिकृत जगदिश मण्डल ,नेपाल पत्रकार महासंघ सिराहाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता ,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख र संचारकर्मी महेश सिंहको संयुक्त अनुगमन टोलीले लहान स्थित मासु पसल ,डेरी पसल ,डेरी उधोग,होटल,भेटेरिनरी औषधि पसल,पाउरोटी उधोग लगायतमा अनुगमन गर्दा लाखौको म्याद गुज्रिएका सामान संगै प्रतिबन्धित दुध पाउडर फेला परेको हो।

अनुगमन टोलीले लहान १० स्थित आजाद फ्रेस मिट हाउस ,थारु मिट हाउस एण्ड होटल ,न्यु किसान सेवा एग्रोभेट,लहान ५ स्थित प्रकाश स्विट्स,शिव चिया नास्ता पसल ,अमित होटल, लहान ६ स्थित संजय होटल,राजु बेकरी,चौधरी फ्रेस मिट हाउस,मुस्ताक फ्रेस मिट हाउस ,लहान ७ स्थित किसान एग्रोभेट ,लहान ८ स्थित माखन भोग स्विट्स एण्ड नमकिन , माता सन्तोषी डेरी उधोग, लहान ३ स्थित दुध डेरी पसल र लहान २२ स्थित मिलको डेरी इन्डस्ट्रिजमा अनुगमन गरेका छन। 

जस मध्ये प्रकाश स्विट्स,संजय होटल,मुस्ताक फ्रेस मिट हाउस,किसान एग्रोभेट,माखन भोग स्विट्स एण्ड नमकिन,दुध डेरी पसलमा सामान्य  समस्या देखिएपनि अनुगमन मापदण्ड भित्र पर्ने गरि व्यवस्थित र चुस्त दुरुस्त पाइएको छ। भने  आजाद फ्रेस मिट हाउसमा सरसफाईको समस्या ,थारु मिट हाउस एण्ड होटल दर्ता नभएको अव्यवस्थित तरिकाले संचालन गरिरहेको ,न्यु किसान सेवा एग्रोभेटमा आधा दर्जन म्याद गुज्रिएका औषधि बरामद, शिव चिया नास्ता पसल बाट ४ पोका तेल , अमित होटल बाट २ बोरा म्याद गुज्रिएका मैदा,राजु बेकरी बाट म्याद गुज्रिएका ३ बोरा मैदा,माता सन्तोषी डेरी उधोग बाट ३० किलो प्रतिबन्धित दुध पाउडर र बिना ट्रेड मार्कको दहि १० किलो ,लेवल विनाको भुजिया फेला पारि जफत गरिएको छ। अनुगमन टोलीले होटल, मासु पसल, एग्रोभेट, डेरी उद्योगलाई व्यवस्थापन तथा म्याद गुज्रिएको समान नराख्न र फोहोर व्यवस्थापन गर्न १५ दिनको समय दिएको छ । 

त्यस्तै मिलको डेरी इन्डस्ट्रिजमा अनुगमन गर्ने क्रममा नेपालमा प्रतिबन्धित लगाइएको नोभा गोल्ड नाम भएको दुध पाउडर १० बोरा फेला पारेका छन। एक बोराको १० हजार नेपालि रुपैया पर्ने नोभा गोल्ड पाउडरलाई मिलको डेरीको पछाडी बारीमा रहेको पानि जमेको खाल्डो मै सबैको रोहवरमा नष्ट गरिएको छ। भने जफत गरिएका मैदा ,औषधि,दुध पाउडर र दहि शुक्रबार संचारकर्मी तथा सरोकारवालाहरुको उपस्तिथीमा नष्ट गर्ने उपप्रमुख रामचलितर महतोले जानकारी गराउदै बजार अनुगमनलाई निरन्तरन्ता दिने बताउँछन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.