शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान स्थित प्रादेशिक अस्पतालका कर्मचारी द्वारा सेवाग्राही माथि अभद्र व्यवहार
असाड ८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार ८ - 
लहान स्थित प्रादेशिक अस्पतालका सरकारी कर्मचारीले अस्पतालमा पुगेका सेवाग्राही सँग अभद्र व्यवहार गरेका छन् l स्वास्थ्य सेवा लिने  उदेश्यले अस्पतालमा पुगेका सेवाग्राही सँग अस्पतालका बिमा फाटमा बस्ने बासुदेव महतो भन्ने कर्मचारीले छाडा बोली संगै गालि गलोज गर्दै अभद्र व्यवहार गरेका हुन्। जनताको कर पसिनाले तलव भत्ता खाइरहेका सरकारी कर्मारीहरुले जनतालाईनै अभद्र व्यवहार गरेपछि स्थानीय र सेवाग्राहीहरु आक्रोसित बनेका थिए lआक्रोसित सेवाग्राही र कर्मचारी बीच भनाभन भएपछि त्यहाको माहोल तनावग्रस्त भएको थियो। अवस्था तनावग्रस्त भए पछी ईलाका प्रहरी कार्यलय लहान बाट खटेका प्रहरी टोलीले बासुदेव महतोलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय लहानमा ल्याएर राखेका छन्। कर्मचारी महतोले अभद्र व्यवहार गरेका व्यक्ति जनमत पार्टीका नगर अध्यक्ष सुभाष चौधरी हुन्। चौधरीको श्रीमतीलाई असनचो हुँदा स्वास्थ्य सेवा लिन अस्पताल पुगेका थिए। तर दबंग कर्मचारी महतो आफ्ना राजनीतिक दम्भको धाकस देखाउदै सेवाग्राही चौधरी दम्पतीमाथि छाडा बोली संगै गालि गलोज गर्दै अभद्र व्यवहार गरेको भिडियो सामाजिक संजालमा अहिले भाइरल भइरहेको छ। 

 लहानको उक्त अस्पतालमा यो घटना कुनै पहिलो घटना भने पक्कै होइन ल यसअघि पनि अस्पतालका विभिन्न् कर्मचारीहरु द्वारा अस्पताल पुगेका सेवाग्राहीहरु सँग अभद्र व्यवहार भइरहेको पाइएको छ l अस्पतालका केही कर्मचारी द्वारा सेवाग्राही सँग यसरी आवेग र जोसमा आएर गरिएको हर्कत र व्यवहारका कारण अस्पतालको प्रशासन र व्यवस्थापन माथि समेत प्रश्न चिन्ह खडा गरिदिएको छ। यस्ता कर्मचारीका कारण सम्पूर्ण स्वास्थ्य जगत नै बदनाम हुँदै गईरहेको हुँदा यस्ता नासुर र दबंगीलाई सम्बन्धित निकायले तुरुन्त तह लगाउन जरुरी देखिन्छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.