शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
असाड ९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार ९- 
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा प्रकाशनका लागि सिरहात जिल्लामा अभिलेख गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।सिरहाको लहानमाअसार ८ गते आयोजित कार्यक्रममा सन् २०२२ को जनवरीदेखि हालसम्म सङ्कलन तथा अभिलेख गरिएका विभिन्न ४२ ओटा घटनाहरूको समीक्षा गरिएको हो ।

समीक्षाका क्रममा इन्सेक प्रतिनिधि दुर्गा परियारले परिवारजन बाट हत्या २,अन्यबाट हत्या ६ ,दुर्व्यवहार राज्य पक्षबाट १ ,बालिका बलात्कारका घटना ६ ,बालिका बलात्कार प्रयास ३ ,महिला बलात्कार ८ ,आगजनी १ ,तोडफोड १ ,आत्महत्या दुरुत्साहन १ र बहुविवाहका घटना १२ वटा गरि ६ महिनाको अवधिमा जम्मा ४२ वटा मानव अधिकार उल्लंघनका घटना प्रस्तुत गरेका थिए। उक्त घटनाहरूमाथि छलफल गर्दै सहभागीले मानव अधिकारका सवालमा स्थानीय तहले चासो दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले सिरहा जिल्लाभर भइरहेका घटना हेर्दा धेरै मात्रामा महिला तथा बालबालिका हिंसाका घटना अभिलेख भएकाले स्थानीय तह र विभिन्न संघ -संस्था तथा संचारकर्मीहरु मिलेर न्यूनीकरणका लागि कार्यक्रमहरू गर्नुपर्ने बताउनु भयो ।उहाँले लहान नगरपालिका बाट मानव अधिकारका क्षेत्रमा जनचेतना अभिबृद्धि गर्ने खालको नीति कार्यक्रम ल्याउने  धारणा व्यक्त गर्नु भयो। कार्यकमको अध्यक्षता मानव अधिकार संरक्षण  केन्द ( संजाल ) का देवराज पोखरेलले गरेका थिए। कार्यक्रमा ईलाका  प्रहरी कार्यलय लहानका डिएसपी कुमार प्रसाद मैनाली , मानवाधिकारकर्मी तथा संचारकर्मिहरुले आ-आफ्ना सुझावहरु राखेका थिए।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.