11 Views
फिरोज शेख लहान २०७९ असार १४ -
जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानको ३३ औ वार्षिक साधारण सभा एवम अधिवेशन आज धनगडीमाई नगरपालिका क्षेत्र भित्र पर्ने वाटिका टुरिजममा हुने भएको छ। आज विहान १० बजे देखि शुरु हुने भनिएको ३३ औ वार्षिक साधारण सभा एवम अधिवेशनमा अध्यक्ष ,महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिने जनाइएको छ। यहि असार १७ गते जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको नयाँ नेतृत्व चयनका लागि हुन गइरहेको निर्वाचनमा ३१ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा अजय चौधरी, विकास कुमार शारडा र पशुपति साहले उम्मेदवारी दिएका छन् ।
यसैगरी प्रथम उपाध्यक्षमा शत्रुधन प्रसाद चौधरी र बसन्तकुमार साह, द्वितिय उपाध्यक्षमा रामभजन पंजियार र सुरेन्द्र कुमार साह, महासचिवमा श्याम गुप्ता र सुनिलकुमार चौधरी, कोषाध्यक्षमा रामउदगार महतो, ललित नारायण सिंह, सचिवमा प्रदीपकुमार गुप्ता र राजलाल गुप्ता रौनियारले उम्मेदवारी दर्ता गराएको हो ।सदस्यहरुमा मनोज कुमार साह, बद्रीनारायण चौधरी, बैजनाथ साह सुडी, रबिन्द्रकुमार श्रेष्ठ, अमरनाथ साह तेली, मनोज कुमार महतो, मखबुल आमल, उपेन्द्र गण्डा, देवकुमार महतो सुडी, विन्देश्वर महतो, उज्जवल साह, राजकुमार यादव, मनोज कुमार साह, रामप्रकाश साहले उम्मेदवारी दर्ता गराएको हो ।महिला सदस्यहरुमा खुश्वु जयसवाल, रीतादेवी यादव, भवानी कुमारी श्रेष्ठ, मञ्जु साहले उम्मेदवारी दिएको हो ।