शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगर प्रमुख चौधरीले पूर्व मेयरको निर्णय पल्टाउदा भ्रष्टाचार भएको आशंका
असाड १५, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असार १५ - 
लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले पूर्व नगर प्रमुख मुनी साहले गरेको निर्णयहरुको पुस्तिका पल्टाएर हेर्दा करोडौँ रुपैयाँ भ्रष्टाचार भएको आशंका गरेका छन्। पूर्व नगरप्रमुख साहले आफ्ना आसेपासेका ठेक्केदारलाई बीना कुनै मापदण्डकै करोडौँ रुपैयाँ ठेक्का रकम मिनाहा गरेको पाइएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छ। ०७८ पुस ३० गतेको नवौँ नगरसभाबाट पूर्व नगरप्रमुख साहले आफ्ना नजिकका ठेक्केदारलाई १० वटा ठेक्कामा १ करोड ३१ लख ५१ हजार ७४२ मिनाहा गरेको पाइएको छ । जबकी उनले मिनाहा गरेको आर्थिक वर्षमा ८० जनाले विभिन्न ठेक्का पाएका थिए । त्यसमा १० जनालाई मात्रै मिनाहा गरेकोले भ्रष्टाचार गरेको आशंका उत्पन्न भएको छ । 

गुदरी हाटबजार सेवा शुल्क वापत १९ लाख ५५२ रुपैयाँमा लहान १९ का ए.आर. कन्स्ट्रक्सन लहानले ठेक्का पाएको थियो । त्यसलाई ७ लाख ९६ हजार ९६ रुपैयाँ मिनाहा गरेको छ । खसीबाख्रा हाटबजार सेवा शुल्क वापत लहान ९ का मो. इसा मियाँले १५ लाख ५५१ रुपैयाँमा ठेक्का  पाएको छ । त्यसलाई ५ लाख २३ हजार ६० रुपैयाँ मिनाहा गरेको पाइएको नगर प्रमुख चौधरीले बताए। 

त्यस्तै वातावरण नदी नियन्त्रणको ठेक्का जयकाली सप्लायर्स लहान ७ ले ८३ लाख २१ हजार १११ रुपैयाँमा लिएको थियो । त्यसलाई ५४ लाख ५४ हजार २४७ रुपैयाँ मिनाहा गरेको छ । फेरी त्यही सप्लायर्सले नदी जन्य पदार्थको पनि ठेक्का १ करोड ३२ लाख ५१ हजार १ रुपैयाँ लिएको थियो । त्यसमा पनि ५१ लख ३९ हजार ४०६ रुपैयाँ मिनाहा गरेको पाइएको छ।  

त्यस्तै बैलहाट पशुबजारको लहान ७ का जयनाथ प्रसाद रौनियारले ५२ हजार १५५ रुपैयाँमा ठेक्का पाएको थियो । त्यसलाई २६ हजार ७२० रुपैयाँ गरेको छ । त्यही रौनियारले फेरी अर्को खसी बाख्रा हाटबजारको ठेक्का १३ लाख ९ हजार ९० रुपैयाँ पाएको थियो । त्यसमा पनि उनलाई ३ लाख ७५ हजार ४०१ रुपैयाँ मिनाहा गरेको पाइएको छ । भने लहान ६ का अरुण कुमार महतोले बस पार्कको ठेक्का १३ लाख ५१ हजारमा पाएको थियो । त्यसलाई ३ लाख ७६ हजार ४२३ रुपैयाँ मिनाहा गरेको छ । लहान ५ का पशुपति साहले गुदरी हाटबजार सेवा शुल्कको ठेक्का १६ लाख ४५ हजार ३६३ रुपैयाँमा पाएको थियो । त्यसलाई ४ लाख २९ हजार ४८८ रुपैयाँ मिनाहा गरेको छ । पशुपति साहले नै गुदरी हाटबजार सेवा शुल्कको ठेक्का ५१ सयमा लिएको थियो । उनलाई यो ठेक्का पुरै मिनाहा गरेको छ । त्यस्तै लहान ५ का विमलादेवी रायले गुदरी हाटबजार सेवा शुल्कको ठेक्का ५० हजार १०० रुपैयाँमा पाएको थियो । उनलाई २५ हजार ८०१ रुपैयाँ मिनाहा गरेको नगर प्रमुख चौधरीले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन। नगर प्रमुख चौधरीले सम्बन्धीत निकायलाई यस विषयमा छानबीन गर्न आग्रह गर्दै नगरवासीलाई पनि यस सन्दर्भमा जानकारी गराएका छन।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.