7 Views
फिरोज शेख लहान २०७९ श्रावन २३ -
ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले लहान बाट पुनः एक जना लाई लागु औषध सहित पक्राउ गर्न सफल भएका छन्। प्रहरीले लहान नगरपालिका वडा नं. २० गोल्छारी स्थित लहान नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३४ को अर्जुन कुमार महतोलाई शंका लागी चेकजाँच गर्ने क्रममा मह्तिकोसाथबाट ब्युप्रिनोर्फिन ४७ एम्पुल,फेनारगण ४७ एम्पुल,डाइडिल्याब ४७ एम्पुल र नाइट्रोभेट ६० ट्याब्लेट परिमाणको अबैध लागू औषध फेला पारी महतोलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी कुमार प्रसाद मैनालीले जानकारी दिएका छन्।
यस अघि डिएसपी कुमार प्रसाद मैनालीको नेतृत्वमा खटिएका प्रहरी टोलीले हिजो लहान वाड न. ३ अस्पताल चौकमा अवस्थित सगरमाथा होटल & लज बाट लहान नगर पालिका वाड न. १ बस्ने बर्ष ३० को दिलिप साह र लहान नगरपालिका वाड न. ७ बस्ने बर्ष २८ को गोपाल दासलाई बिशेष सुचनाको आधारमा खान तलासी गर्दा फेनारगन -९९१ एमपुल , डाइजिपाम ९९१ एमपुल ,ब्युप्रीनोर्फिन ९९१ एमपुल ,स.६ प ६३३ नम्बरको मोटरसाइकल एक थान ,मोबाइल सादा एक थान र अपो कम्पनीको मोबाईल एक थान सहित दुवै जना लाई पक्राउ गर्न सफल भएका थिए।