शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लगातारको बर्षाले लहान जलमग्न
भाद्र १६, २०७९ | फिरोज शेख


फिरोज शेख लहान २०७९ भाद्र १६ - 
राति देखि जारि बर्षाले लहान जलमग्न भएको छ। लगातारको बर्षाले लहान -१ मा भवरा नहरको पानी बस्तीबाट बग्न थालेको छ । राती भएको वर्षाले बाढीको कहर बढेको छ । भबरा नहरको बाँध प्रत्येक वर्ष भत्किने गरेकोले यसको स्थायी समस्या समाधान हुनुपर्ने स्थानीयहरको माग छ । दिलिप सिंह सुनुवार,प्रतिमा यादव,उमेश यादव लगायत एक दर्जनभन्दा बढीलाई घरबाट बाहिर आउन समस्या भएको छ । लहान नगरप्रमुख महेश प्रसाद चौधरीले पटक-पटक निरिक्षण गरी समस्या समाधानको लागि अस्थायी पहल गर्नु भएको थियो। सुख्खा समयमा दीर्घकालिन समस्या समाधानको लागि आस्वासन दिए पनि अहिले बर्खाको समयमा भबरा नहरको बाँध भत्किएर स्थानीय घर भित्रै थुनिएको छ। यसै बीच लगातारको बर्षाले पानि निकासीको उचित व्यवस्थापन नहुँदा लहानको शहिद चौक,पशुपति माविको खेल मैदान , कृषि विकाश बैंक अगाडिको मुख्य सडक,ईलाका प्रहरी कार्यलय , लहान नगरपालिकाको कृषि विकाश शाखा र पशु शाखा ,सनराइज बैंक अगाडिको सडक ,पुरानो नगरपालिका कार्यलयको रोड लगायतका सडक तथा कार्यलयहरु जलमग्न भएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.