शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मेयर महेश चौधरीद्वारा ८१ जना गर्भवतीलाई खाद्यान्न वितरण

7 Views

भाद्र २२, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २२ - 
लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले बुधबार वडा नम्बर १५ को ढोडनामा लहान नगरपालिकाको आर्थिक सहयोग ताथा संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको आयोजनामा गर्भवती महिलाहरुलाई खाद्यान्न वितरण गरेका छन्। मेयर चौधरीले ८१ जना गर्भवतीलाई उक्त खाद्यान्न वितरण गरेको हो । प्रत्येक गर्भवतीलाई चामल १० किलो, नुन एक किलो, तेल एक लिटर,दाल एक किलो,चना एक किलो र मटर एक किलो उपलब्ध गराएका छन्। मेयर चौधरीले आफ्नो स्वर्गीय पत्नी संगिता कर्माचार्यको सम्झनामा हरेक महिनाको २२ गते गरिब, दलित विपन्न वस्तीमा विभिन्न सामग्री सहयोग गर्दै आइरहेको छ। मेयरमा निर्वाचित भएपछि झन आफ्नो सेवा सुविधा वापत प्राप्त भएको रकम राहत वितरण अभियानमा थपेका छन्। मेयर चौधरी गर्भवती महिलाहरुलाई खाद्यान्न वितरण गर्ने क्रममा  स्वर्गीय पत्नी संगिता कर्माचार्यको जनसेवामुखी कार्यको स्मरण गर्दै खाद्यान्न पाउने ८१ जनै गर्भवती महिलाहरुलाई आगामी दिनमा पनि पौष्टिक आहार स्वरूप खाद्यान्न सामग्री उपलब्ध गराउने प्रतिबध्ता जनाएका छन्।

कोरोना भाइरसको महामारी सुरु भएदेखि नै चौधरी दम्पतीले गरिब, दलित समुदायको घरघरमै पुगेर ६ हजार भन्दा बढी परिवारलाई राहत वितरण गरेका थिए । सोही क्रममा संगिता कर्माचार्य कोरोना संक्रमित हुन पुग्यो र उनको उपचारको क्रममा २०७८ जेठ २२ गते उनको निधन भयो । संगीताको चाहना र सोच अनुसार नै दलित विपन्न वस्तीमा राहत वितरण अभियानलाई मेयर चौधरीले निरन्तरता दिँदै आएको छ । गरिब समुदायलाई सहयोग गर्न मेयर चौधरी संगीता कर्माचार्य स्मृति प्रतिष्ठानको स्थापना गरेको छ । सोही प्रतिष्ठानमार्फत मेयरमा निर्वाचित भए पछि आफुले पाउने सेवा सुबिधा वापतको रकम बाट विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ। खाद्यान्न वितरण कार्यक्रम लहान १५ का वडा अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमा स्वास्थ्य शाखा प्रमुख जगदीश मण्डल सहित स्थानीयवासी,स्वास्थ्यकर्मी,बुद्धिजीवी ,समाजसेवी ,संचारकर्मी लगायतको  उपस्तिथी रहेको थियो।

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.