शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आज बिपीको १०९औँ जन्मजयन्ती लहान सहित देशै भर मनाइदै
भाद्र २४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २४ - 
नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार देशभर मनाइँदैछ।नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो।भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भए। भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो।

 यसै बीच नेपाली कांग्रेस सिरहा क्षेत्र नं. १, प्रदेशसभा (क) र लहान नगर कार्यसमितिकाे संयुक्त आयाेजनामा १०९ औँ वीपी जयन्तीकाे अवसरमा जे.एस.मुरारका क्याम्पसमा वृक्षारोपण कार्यक्रम गरको छ।कांग्रेस क्षेत्रीय सभापति तथा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कांग्रेस प्रदेशसभा (क) सभापति सन्ताेष उपाध्याय, लहान नगरका कार्यवाहक सभापति सितल प्रसाद चौधरी, ट्रेड युनियन कांग्रेस सिरहा अध्यक्ष संजीव उपाध्याय, पूर्व जिल्ला उपसभापति विसनु साह बाँनिया, वडा अध्यक्ष मनाेज काेईराला, रमेश गौतम, नगर सचिव संजय यादव, सह-सचिव राजेश थापा, धनगढीमाई-१ वडा सभापति सन्ताेष यादव, महाधिवेशन प्रतिनिधि गौरी नारायण चौधरी, श्रीचन पासमान, प्रदेश महाधिवेशन प्रतिनिधि भरत जर्घामगर, कृष्ण उपाध्याय, नेवि संघका विद्यार्थी नेताहरु, संचारकर्म।, क्याम्पसका प्रध्यापक र विद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे ।क्याम्पसमा धुपी, टिक, मलेसियन साल लगायत ४०० प्रजातिका बोटबिरुवाहरु रोपिएको जनाइएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.