शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लागूऔषध र हाते हतियारसहित एक युवा पक्राउ

10 Views

भाद्र २४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २४ - 
प्रतिबन्धित लागूऔषध र हाते हतियारसहित सिरहाबाट एक युवा पक्राउ परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. २ चतरी बस्ने १९ वर्षीय सुमन कुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विहिवार दिउँसो सिरहा नगरपालिका १७ कमला बाँध स्थित ईलाका प्रहरी कार्यालय माडरबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट साइकलमा नेपालतर्फ आउदै गरेको मण्डललाई चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो । युवकको साथबाट नाइट्राभेट ट्याब्लेट २६ पिस, डाईजेल्याब ३ एम्पुल, सिरिन्ज १ थान, फलामको तरवार १ थान, फलामको फर्सा १ थान, फाईटर ६ थान, पेस्तोल जस्तो आकारको लाइटर गन १ थान र साईकल १ थान बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । जिल्ला अदालत सिरहाबाट म्याद लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लायन्स क्लव अफ लहान फूलबारीको होलि
फाल्गुन २५, २०८१ | फिरोज शेख
सोमबार सम्पन्न क्रिकेट खेलमा लहान ८
फाल्गुन १३, २०८१ | फिरोज शेख
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान
फाल्गुन ११, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.