फिरोज शेख लहान २०७९ भदौ २४ -
बलात्कार मुद्दामा फरार लहान नगरपालिकाका उपमेयर रामचलित्तर महतो ईलाका प्रहरी कार्यालय लहानमा आफै हाजिर भएका छन्।जागिर लगाइदिने प्रलोभन देखाएर आफ्नो कार्यकक्षको गोप्य कक्षमा लगेर जर्वजस्ती करणीको प्रयास गरेको भन्दै एक महिलाले करिब डेढ महिना अगाडी उपमेयर महतोमाथि आरोप लगाउदै उजुरी दिएकी थिइन् । त्यसपछि पक्राउ पुर्जी जारि भए पश्चात फरार उपमेयर महतो शुक्रबार आफै हाजिर भएको प्रहरी स्रोतले जनाएको छ।उपमेयर महतो हाजिर भएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ। उपमेयर महतो घटना बाहिरिए पछि आफु निर्दोष रहेको दाबि गर्दै आइरहेका छन्।