शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकालाई

12 Views

भाद्र २७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २७ - 
पाकिस्तानलाई पराजित गर्दै आयोजक श्रीलंकाले एसिया कप क्रिकेट २०२२ को उपाधि जितेको छ।युएईको दुबईमा आइतबार राति भएको फाइनलमा श्रीलंकाले पाकिस्तानमाथि २३ रनले जित निकाल्दै च्याम्पियन बनेको हो।श्रीलंकाले दिएको १ सय ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रनमै समेटियो।पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिए। चामिका करुनारत्नेले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रनको योगफल बनाएको थियो। श्रीलंकाका लागि भानुका राजपाक्षेले अविजित रहदै ७१ रनको अर्धशतकीय इनिङ खेले। चामिका करुनारत्नेले अविजित १४ रन बनाए। वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए।पाकिस्तानका हरिस राउफले ३ विकेट लिए। निशम शाह, शादब खान र इफ्तिखर अहमेदले १/१ विकेट लिए।यससँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ। श्रीलंकाले आठ वर्षपछि उपाधि जितेको हो।यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो।

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.