शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
झुन्डिएको अवस्थामा विद्यार्थीको शव फेला, हत्याको आशंका,शव धरान पठाइयो
भाद्र २७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २७ - 
सिराहाको लहान नगरपालिका– ६ श्रीराम कोलोनीस्थित भाडाको घरमा सञ्चालन गरिएको होस्टेलमा बस्दै आएका विद्यार्थीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा विज्ञान विषय लिएर कक्षा १२ मा पढ्दै आएका राजन पासवानको शव सोमबार बिहान होस्टेलमै झुन्डिएको अवस्थामा भेटिएको हो। उनी करिब १० महिनादेखि होस्टेलमा बस्दै आएका थिए। पासवान सप्तरीको कल्याणपुर नगरपालिका– ७ कल्याणपुरका अशोक पासवानका जेठा छोरा हुन्। राजनको हत्या गरेर झुन्ड्याइएको हुन सक्ने मृतक राजनका ठूलोबुबा विलेक्षण पासवानले आशंका गरेका छन्।सप्तरीको शम्भुनाथ नगरपालिका– १२ का करिब २१ वर्षीय मुकेश यादवले ताहिर अन्सारीको घरको भुइँ र पहिलो तला भाडामा लिएर करिब तीन वर्षदेखि होस्टेल सञ्चालन गर्दै आएका थिए। पासवानसहित आफूहरू तीनजना कुराकानी गरेर रातको करिब १२ बजे सुत्न गएको यादवको भनाइ छ। ‘बिहान छिमेकीहरूले होहल्ला गरेपछि बाहिर हेर्दा होस्टेल रहेकै घरको छतबाट नाइलनको डोरीमा करिब १५ फिट तल झुन्डिएको अवस्थामा शव भेटिएपछि होसहवास नै उड्यो,’ यादवले भने।

घर निर्माणमा बालुवा गिटी छतमा लैजान प्रयोग गरिने नाइलनको मोटो डोरीलाई दोब्बर गरेर होस्टेलको दोस्रो तलामाथि पानीट्यांकी राख्न बनाइएको छतको पिल्लरमा बाँधेको अवस्थामा पासवानको शव झुन्डिएको अवस्थामा भेटिएको हो। बच्चाले लगाउने निलो रंगको गन्जीले उनको मुख बाँधेर त्यहीमाथि एउटा र घाँटीमा अर्को डोरी कसिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाँटीमा लत्रिएको अवस्थामा सेतो रंगकाे मोबाइलको इयरफोनसमेत पाइएको छ।

यता इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक कोमल ठाकुरका अनुसार घटनास्थलको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि धरान पठाएका छन्। आफन्तले धरान पठाउने भने पछि सम्बन्धित परिवारकै अनुरोधमा प्रहरीले शव पोस्टमार्टमका लागि धरान पठाएका ईलाका प्रहरी कार्यलय सिरहाले जनाएको छ।

सिरहाको लहानमा पनि ३१ औ अपाङ्ग
मंसिर १८, २०७९ | फिरोज शेख
महिला हिंसा न्युनिकरणमा संचारकर्मी तथा महिला
कार्तिक ५, २०७९ | सरगम खबर समाचारदाता
राज अटो मोबाइल्स द्वारा दुर्गा मन्दिर
आश्वीन १७, २०७९ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2022 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.