शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सिरहा आउँदै
भाद्र २९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ भदौ २९ - 
नेकपा एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गते शुक्रवार सिरहा आउने भएको छ ।सिरहा स्थित पुरानो चौहर्वाको मा.वि.स्कुलमा जिल्ला कमिटीले आयोजना गरेको आमसभामा र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली सिरहा आउन लागेको नेकपा एमाले जिल्ला कार्यसमितिले जनाएको छ ।ठुलो समयको अन्तरालमा ओली यस्ता कार्यक्रममा सहभागी हुन् सिरहा आउन लागेका छन् । उक्त  कार्यक्रममा नेपाली कांग्रेस,जसपा,नेकपा माओवादी लगायतका नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गर्ने कार्यक्रम निर्धारण गरिएको छ । नेपालको पूर्व प्रधानमन्त्री ओली सिरहा आउने भएपछि सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । कार्यक्रमस्थलमा ठुलो पण्डालसहित ठाउँ ठाउँमा ओलीलाई स्वागत सहितको ब्यानर पनि लगाइने तैयारी भईरहेको जनाइएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.