9 Views
एलिना हिङ्गमाङ्ग लहान २०७९ असोज ३ -
विगत साता दिनमा नै चार जनाले आत्महत्या गरेपछि सिरहा प्रहरीले आईतवार सिरहा सदरमुकाम बजारमा जनचेतनामूलक र्याली प्रदर्शन गरी अन्तरक्रिया समेत गरेको छ ।प्रदर्शन गरिएको र्यालीमा विद्यालयका बालबालिबाहरुले ‘मृत्यु रोजेर समाधान खोज्ने होइन जीवन भित्रै उज्यालो खोजी गरौ ’निराशावादी शोच परित्याग गरौ ,सकारात्मक सोंचको बिकास गरौ ,‘समस्यावाट भाग्ने हाईन समाधान गर्नुहोस ’भन्ने मूल नारा लेखिएको प्लेकार्ड बोकेर सदरमुकाम परिक्रमा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय परिसरबाट विद्यालयका विद्यार्थीहरु,अधिकारकमीृहरु,संचारकर्मी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सम्मिलित र्यालीले सिरहा बजार परिक्रमा गरी सिरहा नगरपालिकाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।अन्तरक्रिया कार्यक्रममा सिरहाका एसपी अर्जुन तिमिल्सिनाले विद्यालयका बालबालिकाहरु चेतनाका संवाहक भएकाले उनीहरुले घरपरिवार,टोल, र समाजमा जनचेतना जगाउन सक्ने भएकाले सहभागीता गराईएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाको तथांक अनुसार गतवर्ष झुण्डिएर र विषसेवन गरी १८९ जनाले आत्महत्या गरे ।यो अहिले सम्मकै उच्च दर हो ।ती मध्ये ८६ महिला र ७१ पुरुष ८ बालक र २४ बालिकाले आत्महत्या गरको जिल्ला प्रहरीको तथ्यांक रहेकोछ ।सिरहा जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा १४४ र २०७७ ÷२०७८ मा १४४ जनाले आत्महत्या गरेको प्रहरीको तथांक रहेकोछ । आत्महत्याको घटनामा बृद्धि हुनुमा ‘मानसिक तनाव ’ र घरेलु हिंसा प्रमुख कारक मानिएकोछ ।जीवन प्रति चरम वितृष्णा ,अपूर्ण मनहरुले मानसिक तनाव बढेपछि अन्तिम विकल्पका रुपमा आत्महत्या तहमा पुग्नु र युवापुस्तामा पछिल्लो पटक सामाजिक संजालको गलत प्रभावका कारणले पनि आत्महत्याका घटना गर्नेदर बढेको ठम्याई छ ।
सो कार्यक्रममा एसपी अर्जुन तिमिल्सिनाले बाँच्नका लागि मानसिक त्यसमा पनि सुख र मस्तीपूर्वक बाँचनका लागि मानिसले पैसा लगायतका सुख खोज्ने मानवीय स्वभावले उब्जाउने दुःख र विषादले गर्दापनि मानिस आत्महत्याको तहसम्म पुग्ने गरेको बताउनुभयो ।आत्महत्या न्युनिकरणका लागि पनि समाजमा जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेकाले जिल्ला प्रहरी कार्यालयले विभिन्न संघसंस्थाहरुको साझेदारीमा यस्तो कार्यक्रमको शुरुवात गरीएको जानकारी दिनुभयो ।अन्तरक्रिया कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी,जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो ,नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता विभिन्न संघसंस्थाका प्रतिनिधी तथा विद्यार्थीहरुले आत्महत्यावाट बच्ने उपायहरुका वारेमा आ आप्नो मन्तव्य राख्नु भएको थियो ।