शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एबी मल सिरहा सुपर मार्केट चौथो वर्षमा प्रवेश
आश्वीन ५, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ असोज ५ - 
गोलबजारमामा अवस्थित मधेश प्रदेशको पहिलो र एक मात्र एबी मल सिरहा सुपर मार्केट प्रालि.आफ्नो  तेस्रो बर्ष पुरा गरी चौथो वर्षिमा प्रवेश गरेका छन्। २०७६ असोज ४ गते बाट विधिपूर्वक संचालनमा आएको मलले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा राखेको स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अतिथी गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले एबी मल सिरहा सुपर मार्केट गोलबजारको शान रहेको बताएका छन्। उनले यस एबी मलले गोलबजारको पहिचानमा थप टेवा पुर्याएको बताए। शुभकामना मन्तव्यको क्रममा मेयर श्रेष्ठले एबी मल व्यवसायीक प्रतिष्ठानसँगै गोलबजारको पहिचानमा थप सहयोग पुर्याएको बताए। उनले यस व्यवसायीक प्रतिष्ठानलाई नगरपालिकाको तर्फबाट गर्न सकिने सवैखालको सहयोग गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै मलको प्रगतिको कामना समेत गरे।

मलको तेस्रो वार्षिक उत्सबमा विशिष्ट अतिथिको आसन बाट शुभकामना मन्तव्य राख्ने क्रममा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले लहानमा पनि मलको शाखा खोल्न अनुरोध गरे। उनले भने, तपाईहरुलाई लहानमा स्वागत छ, तपाइँहरु लहानमा आउनुस्, बजारको मुख्यभागमा रहेको भानु भक्त बाचनालयको भवन व्यसायको लागि उपलब्ध गराउँछु,बताउदै लहान नगरपालिकाले पनि चाडै सुबिधा सम्पन्न रेस्टुरेन्ट,सिनेमा हल सहितको सपिङ्ग क्म्प्लेश लहान ७ स्थित रहेको पुरोनो नगरपालिकाको कार्यलयमा निर्माण गर्न लागेको जानकारी समेत गराए। तेस्रो वार्षिक उत्सवको अवसरमा उपस्थित जिल्लाका प्रमुख जिल्ला अधिकारि लालबाबु कवाडी, नेकपा माओवादी निकट व्यवसायी संगठनका केन्द्रिय सदस्य विक्रम साह, श्रृजनशिल लघुवित संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अर्जुन तिमल्सिना, सशस्त्र प्रहरी बल सिरहाका प्रमुख एसपी रमेश थापा, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक तुलसी पर्साईं, गोलबजार व्यपार संघका प्रथम उपाध्यक्ष महेश सह ,ईलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसी, गौरव ट्याक्स क्न्टलटेंसीका संचालक गौरव साह,सगरमाथा इन्स्युरेन्स लहान शाखाका साहायक प्रबन्धक नरेश जंग साह लगायत विभिन्न व्यसायीसंस्थाका प्रतिनिधी,संचारकर्मीको उपस्थिति रहेको थियो। केक समेत काटेर मनाइएको वार्षिक उत्सव कार्यक्रमको अध्यक्षता मलका संचालक जागिर अन्सारीले गर्नु भएको थियो" भने स्वागत मन्तव्य मलका सीइओ पिन्टु राउतले राखेका थिए। कार्यक्रमको संचालन शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखले गरेका थिए।

सोमबार सम्पन्न क्रिकेट खेलमा लहान ८
फाल्गुन १३, २०८१ | फिरोज शेख
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान
फाल्गुन ११, २०८१ | फिरोज शेख
मंलवार सम्पन्न पहिलो खेलमा लहान १
फाल्गुन ६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.