9 Views
फिरोज शेख लहान २०७९ असोज ९ -
लहान सिटि जेसिज बर्ष २०२२ को आयोजनामा संचालन गरिएको ‘जेसिज सप्ताह’ भव्यताका साथ सम्पन्न भएको छ । जेसिजको बार्षिक कार्यक्रम अन्तर्गत यहि असोज ३ गतेवाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम शनिबार दशैँ,तिहार र छठ पर्वको शुभकामना आदान-प्रदान सहित सम्पन्न भएको हो । लहान सिटि जेसीज बर्ष २०२२ का अध्यक्ष कुमु चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरी प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथी लहान सिटि जेसीजका पुर्व अध्यक्ष तथा जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास सारडा रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले जेसिज बास्तवमा युवाहरुको अभिभावक जस्तै रहेको बताए । उहाँले जेसिज युवाको पक्षमा रहेर काम गरिरहेको जेसिजले बास्तमा युवाहरुलाई सहि दिशा तर्फ अगाडी बढाइरहेको आफुले पाएको बताए । उहाँले लहान सिटि जेसिजले गर्ने कामले समग्र लहान नगरपालिकाको शिर पनि उच्च हुने हुदा ब्यक्तिगत रुपमा र नगरपालिकाको तर्फवाट हुने सहयोग जुनसुकै बेला पनि गर्न तयार रहेको बताउदै अहिले लहान क्षेत्रमा दिन प्रतिदिन बढी रहेको आत्महत्याका घटनालाई न्यूनीकरण गर्न लहान स्थित सम्पूर्ण सामाजिक संघ संस्था संग समन्वय गरेर जनचेतना मुलक कार्यक्रम संचालन गर्नुका साथै डेंगु नियन्त्रणका लागि विशेष पहल भइरहेको जानकारी गराउनु भयो। यसै बीच आफु निर्वाचित भएको ६ मिहिना नबित्दै नकरात्मक कमेन्ट गर्नेहरुलाई धेर्यता कायम राखन आग्रह गर्दै लहान नगरपालिकाको विकास र मुहार फेर्न आफु लागि परेको र विभिन्न योजनाहरु टेन्डर प्रक्रियामा रहेको समेत जानकारी गराए। नगर प्रमुख चौधरीले सम्पूर्ण चाड पर्वको अवसरमा नगरवासिमा शुभकामना समेत व्यक्त गरेका थिए।
कार्यक्रममा विशिष्ट अतिथि विकास सारडा, अतिथिहरु जिल्ला उधोग वाणिज्य संघ सिराहाका प्रवक्ता रबिन्द्र श्रेष्ठ,कस्तुरी युवा कल्व लहानका अध्यक्ष साज कुमार आले,पतन्जली योगपिठ सिरहाका अध्यक्ष डा. बिपी चौधरी,रोटरी क्लव अफ लहानका अध्यक्ष प्रदिप गुप्ता,लायन्स क्लव अफ सनसाइनका अध्यक्ष पुनम चौधरी,जिल्ला उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोकलाल अमात्य, लहान सिटि जेसिजका मानार्थ सदस्य प्रतिभा गिरि, लहान सिटि जेसिजका पुर्वअध्यक्षहरु धरणीधर अधिकारि ,राकेश झा,मुरारी प्रसाद साह ,जितेन्द्र चौधरी,शंकर प्रसाद गुप्ता लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्दै जेसिज सप्ताह अन्तर्गत पहिलो कार्यक्रम रेडियो सरगम ९३ मेगाहर्ज संगको सहकार्यमा डा .रितेश गिरि संग डेंगु सम्बन्धि जनचेतना मुलक संवाद , दोस्रो कार्यक्रम संविधान दिवसको अवसरमा दिप प्रज्ल्वन, तेस्रो कार्यक्रम स्यानेटरी प्याद वितरण,चौथो कार्यक्रम शेयर बजार सम्बन्धि अन्तरक्रिया , पाँचौ दिन वृक्षा रोपन ,छैठो दिन फलफुल वितरण र सातौ दिन विजया दशमी,शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम संचालन गरि जेसिज सप्ताह सम्पन्न गरेका छन्।
शुभकामना आदान-प्रदान कार्यक्रमका संयोजक वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष स्वमेव साहले आस्थापाठ बाचन गरेका थिए। भने स्वागत मन्तब्य जनसम्पर्क अधिकारि उमेश यादव राखेका थिए। कार्यक्रमको संचल लहान सिटि जेसिज वर्ष २०२२ का महासचिव फिरोज शेखले गरेका थिए।