शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रेडियो सरगम ९३ मेगाहर्जले छैठौ वार्षिक उत्सव मनायो

7 Views

आश्वीन १०, २०७९ | फिरोज शेख

लाल बिहारी यादव लहान २०७९ असोज १० - 
शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्ज आजदेखि सातौ वर्षमा प्रवेश गरेको छ। रेडियो सरगमका सम्पूर्ण परिवारले स्टुडियोमा केक काटेर छैठौ वार्षिक उत्सव मनाएका छन्। विक्रम सम्वत् २०७३ साल असोज १० गते देखि औपचारिक रुपमा प्रसारण आरम्भ गरेको रेडियो सरगमले सुरुदेखि नै लोकप्रियताको शिखर चढ्दै गइरहेको छ ।रेडियो सरगम ९३ मेगाहर्जले आफै उत्पादन गरेको ३ वटा स्थानीय समाचार बुलेटिन संगै नेपाली रेडियो नेटवर्कको सहकार्यमा बिहान साढे पाँच बजेदेखि बेलुका साढे आठ बजेसम्म समाचारमूलक बुलेटिन 'नेपाली खवर', नेपालि बहस र 'जनता जान्न चाहन्छ'  प्रसारण गर्दै आइरहेको छ। रेडियो सरगम हरेक दिन बिहान ५ बजे प्रसारण सुरु भई बेलुका ११ बजे बन्द हुने गरेको छ । यसबीचमा धेरै चेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रसारण हुने गरेका छन् ।

स्थापनाको छोटो समयमै गाउँ, सहर हुँदै विदेश सम्म नेपाली स्रोताले निरन्तर मन पराई दिएकाले हामीले गणस्तरीयताको विकास गर्दै लगेका छन्। रेडियो सरगम आफ्नो स्थापना काल देखिने ५०० मेगावाटमा निरन्तर प्रसारण भइरहेको यस भेगको एक मात्र व्यवसायिक रेडियो हो।समाचार तथा कार्यक्रमहरू गर्दा सन्तुलन र विश्वसनीयतामा हामी सधैँ अत्यधिक सतर्क हुने गरेका छौँ रेडियोका प्रवन्ध निर्देशक फिरोज शेखले बताए। उनले पत्रकारिताको मर्म र धर्मबाट हामी कहिल्यै विचल्लित भएका छैनौ र हुने पनि छैनौ। आगामी दिनमा पनि यसलाई कायम राख्दै थप सृजनात्मक प्रस्तुतीमा खरो उत्रिने प्रवन्धक शेखले अठोट व्यक्त गरेका छन्। अन्त्यमा सम्पूर्ण श्रोता, विज्ञापनदाता र सुवेच्छुकहरुप्रति छैटौँ वार्षिकोत्सवका अवसरमा हार्दिक आभार व्यक्त गर्दै भविष्यमा यो भन्दा बढी निरन्तर साथ र सहयोग पाउने अपेक्षा व्यक्त गर्नु भएको छ। 

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.