शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगरप्रमुख चौधरीले भारत्तोलन खेलाडीहरुलाई ५१ हजार सहयोग गर्ने

9 Views

आश्वीन १३, २०७९ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७९ असोज १३ - 
बुधबार जिल्ला भारत्तोलन संघ सिरहा लहानको प्रशिक्षण केन्द्र,लहानमा प्रदेश स्तरीय भारत्तोलन प्रतियोगिताका बिजेता खेलाडीहरुलाई लहानका नगरप्रमुख महेश प्रसाद चौधरीले बधाई दिदै सम्मान गरेका छन्। मधेस प्रदेस सरकार ,महिला ,बालबालिका , युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित मधेस प्रदेश स्तरीय भारत्तोलन खेलकुद प्रतियोगिता राजबिराजमा असोज ४ गते देखि ७ गते सम्म संचालन भएको थियो।  प्रतियोगितामा विभिन्न बिधामा मेडल प्राप्त महिला तथा पुरुष खेलाडीहरुलाई मेयर चौधरीले रातो टिका लगाई बधाई तथा सम्मान गर्दै खेलाडीहरुलाई सामुहिक रुपमा ५१ हजार पुरस्कार दिने घोषणा गर्दै उज्जवल भविष्यको कामनासा गर्दै शुभकामना दिएका छन । सोही कार्यक्रममा नगरप्रमुख चौधरीले आगामी कार्तिक १ गते देखि सिराहा भारत्तोलन संघको आयोजनामा आयोजना भैरहेको मधेस प्रदेश स्तरीय मेयर कप भारत्तोलन प्रतियोगिताको लागि १ लाख रुपैया सहयोग गर्ने घोषणा गर्नुका साथै जिमखाना तथा  भारत्तोलन खेलका  प्रशिक्षकद्वय बिरेन्द्र यादव बिरु तथा हेम शंकर चौधरीलाई आगामी कार्तिक महिना देखि मासिक प्रशिक्षक तलब भत्ता स्वरुप रकम सुबिधा लहान नगरपालिकाले उपलब्ध गराउने समेत बताएका छ्न ।

 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.