5 Views
सिरहा २०७९ कार्तिक ५ -
महिला पुर्नस्थापना केन्द्र (ओरेक), मुक्ति नेपाल गोलबजार र महिला मानव अधिकार रक्षक संजाल सिरहाको आयोजना र नेपाल पत्रकार महासंघ सिरहाको समन्वयमा महिला हिंसा न्युनिकरणमा संचारकर्मी तथा महिला अधिकारकर्मीको भूमिका विषयक संवाद तथा तिहार छठपर्वको शुभकामना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । लहान नगरपालिका वडा नं ८ स्थित संवाद समूहको कार्यालयमा भएको कार्यक्रममा जिल्लाका संचारकर्मी, महिला मानव अधिकारकर्मी, संघ संस्थाका प्रतिनिधि लगायत ३१ जनाको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण ओरेकका कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले गर्नु भएको थियो।
कार्यक्रमको उदेश्य माथि प्रकाश महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष श्याम कुमारी साहले पार्नु भएको थियो भने जिल्लामा महिला मानव अधिकार रक्षकहरुको अवस्था र काम गर्दा आउने चुनौतीबारे जिल्ला अध्यक्ष रेणु कर्णले बताउनु भएको थियो ।कार्यक्रममा महिला मानव अधिकारकर्मी र संचारकर्मीहरुबीचको समन्वयमा महिला हिंसा न्युनिकरणमा सहज हुने तर्क नेपाल पत्रकार महासंघ सिरहाका जिल्ला अध्यक्ष मनोज बनैताले राख्नु भएको थियो।