शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
स्वतन्त्र वामपन्थी उम्मेदवार कार्की द्वारा १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
कार्तिक ८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ कार्तिक ८ - 
रेडियो नेपालका पुर्व कार्यकारी निर्देशक,अधिवक्ता तथा सिरहा क्षेत्र नं. २ का स्वतन्त्र वामपन्थी उम्मेदवार सुरेश कुमार कार्कीले १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। विगत लामो समय पत्रकारिता क्षेत्रमा कार्यरत रही आफ्नो छुटै पहिचन बनाउन सफल कार्कीले नेपाली कागजमा सहि छाप गरि आफ्नो घाेषना पत्र सार्वजनिक गर्दै" आफू निर्वाचित भएपछि घाेषना पत्रमा उल्लेख भएअनुसार काम गर्ने कुरा बताउनु हुँदै साे घाेषना पत्र अनुसार काम नगरे मैले लगाएका औठा छापबाला कागजकाे माध्यमले नेपालकाे कानुन बमाेजिम सजाय समेत भाेगन तयार रहेकाे दाबि गरेका छन् । प्राकृतिक अस्पताल धनगढीमाईको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरि उनले सिरहा क्षेत्र नं. २ को समस्याहरुलाई समेटी १५ बुँदे योजना समेटेर तयार पारिएको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि स्थानियस्तरका मुद्दा समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जिल्लामै उनी पहिलो उम्मेदवार हुन् । 

कार्कीले पत्रकार सामु सार्वजनिक गरेका १५ बुँदे प्रतिबद्धताहरु यस प्रकारकार रहेका छन् : 
               
१. निर्वाचित भएको सातौ दिनबाट वर्तमान नागरिकता समस्या समाधान गर्न राष्ट्रपति भवन अगाडी अनसन वस्ने 

२.पाँच वर्ष भित्रमा सिराहा निर्वाचन क्षेत्र नं. २ को मतदाताहरुको लागि हरेक रोगको निःशुल्क उपचार गर्न सबै पालिकालाई पायक पर्ने स्थानमा कम्तिमा ५० सैयाको अत्याधुनिक अस्पताल निर्माण गर्ने 

३.ज्येष्ठ नागरिक र सुत्केरी हुने महिलाको लागि निःशुल्क अत्याधुनिक एम्वुलेन्स सेवा सञ्चालनमा ल्याउने 

४.सिराहा निर्वाचन क्षेत्र नं. २ को सबै मतदातालाई स्वस्थ्य राख्न प्रत्येक छ महिनामा अनिवार्य निःशुल्क स्वास्थ्य परिक्षण
गराउने 

५.सिराहा निर्वाचन क्षेत्र नं. २ का मतदाताका छोरा छोरीहरु मध्ये सबै भन्दा वढी उत्कृष्ट अंक ल्याउने जेहेनदार विद्यार्थीलाई यस क्षेत्रका सबै पालिकाबाट प्रतिस्पर्धाको आधारमा छनौट भएका विद्यार्थीहरुलाई अध्ययन पुरा भएको मितिबाट घटीमा १५ वर्ष सम्म यसै क्षेत्र अन्तर्गत रही सेवा गर्न सम्झौता गरेमा पढाईका सम्पूर्ण शुल्क व्यहोर्ने

६. सिराहा निर्वाचन क्षेत्र नं. २ को सबै विद्यालयमा गुणस्तरिय शिक्षण व्यवस्थापन गर्दै प्रविधि मैत्रि बनाउने ,सिराहा निर्वाचन क्षेत्र नं. २मा स्नातक्तोर सम्मको अध्ययनका लागि क्याम्पस खोल्ने र सबै विद्यार्थीलाई स्नातकसम्म निःशुल्क अध्ययनका लागि व्यवस्था गर्ने, पाँच वर्ष भित्र सिराहा निर्वाचन क्षेत्र नं. २ को सबै पालिकामा खेलकुद र वयामका लागि सुविधा सम्पन्न कर्वड हल बनाउने

७.हरेक वर्ष उत्सवको रुपमा सिराहा निर्वाचन क्षेत्र नं. २ भित्र विद्यालय तथा पालिका स्तरिय खेलकुद, निवन्ध, गीत संगीत

८. पाँच वर्ष भित्र सिराहा निर्वाचन क्षेत्र नं. २ को सबै पालिकामा खेलकुद र वयामका लागि सुविधा सम्पन्न कर्वड हल बनाउने

९. हरेक वर्ष उत्सवको रुपमा सिराहा निर्वाचन क्षेत्र नं. २ भित्र विद्यालय तथा पालिका स्तरिय खेलकुद, निवन्ध, गीत संगीत, नृत्य, कविता, चित्रकला प्रतियोगिताहरु सञ्चालन गर्ने ।

१०. पाँच वर्ष भित्रमा यस क्षेत्रलाई पुग्ने गरी कम्पोष्ट मल उत्पादन गर्ने कारखाना खोल्ने

११. अत्याधुनिक कृषि प्रणाली मार्फत अर्गयानिक कृषि उत्पादन गर्ने गरी तालिम दिने र उत्पादनहरु बजारिकरण गर्ने

१२. बैदेशिक रोजगारमा जानेलाई आवश्यक्ता अनुसार २लाख ५० हजारसम्म रुपैयाँ बैंकिङ्ग प्रक्रिया मार्फत उपलब्ध गराउने

१३. निःशुल्क शिप मूलक तालिम दिने, प्राप्त तालिम अनुसार रोजगारीकोलागि सबै श्रोत साधन उपलब्ध गराउने सबै उत्पादनको वजारीकरण गर्ने

१४. सिराहा निर्वाचन क्षेत्र नं. २ भित्र लोकतान्त्रिक आन्दोलत, जनयुद्ध र मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरुलाई
वार्षिक रुपमा एक लाखका दरले जीवन निर्वाहा भत्ता उपलब्ध गराउने

१५. भ्रष्टाचारगर्ने र सूचनाको हकबाट बन्चितगर्ने पदाधिकारी र निकायलाई कारवाहीको दायरामा ल्याउनेछु भनि स्वतन्त्र वामपन्थी उम्मेदवार सुरेश कुमार कार्कीले १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.