शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगिता शुरु

7 Views

कार्तिक २२, २०७९ | फिरोज शेख

रेडियो सरगम ९३ मेगाहर्ज लहान कार्तिक २२ - 
श्री राम जानकी युवा क्लव लहान -४ को आयोजनामा हिजो देखि इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगिता शुरु भएको छ। लहान ४ स्थित खुट्टी खोलाको छेउमा अवस्थित खेल मैदानमा एक कार्यक्रका बीच श्याम इन्टरप्राइजेजका संचालक शुभाष चौधरीको प्रमुख आतिथ्यता र शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेखको विशिष्ट आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो। उद्घाटन क्रममा प्रमुख अतिथि चौधरीले ब्याटिंग र विशिष्ट अतिथि शेखले बलिङ्ग गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्।
प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न पहिलो खेलमा शारदा नमुना एकेडमीले मोडर्न आदर्श स्कुललाई हराउदै ५१ रनको फराकिलो जित हात पारेका छन्। टस जितेर पहिले ब्याटिंग गरेको शारदा नमुना एकेडमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १२७ रन बनाएको थियो। १२८ रनको विजय लक्ष्य सहित ब्याटिंग गर्न आएका मोडर्न आदर्श स्कुलका खिलाडीहरुले १४ ओभर ३ बलमा सबै विकेट गुमाई ७६ रनमा सिमित भएका थिए। प्रतियोगितामा लहानका १६ वटा स्कुलहरुको सहभागिता रहेको आयोजकले जनाएका छन्।

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.