शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगितामा एपोलो र हिमालयन विजय

9 Views

कार्तिक २७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ कार्तिक २७ - 
श्री राम जानकी युवा क्लव लहान -४ को आयोजनामा जारी इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न दुई खेलमा एपोलो ओम सेकेन्डरी स्कुल र हिमालयन विधा निकेतन स्कुल विजय भएका छन्। प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न पहिलो खेलमा हिमालयन विधा निकेतन स्कुलले टस जितेर पहिला बलिङ्ग गर्दै शारदा नमुना स्कुललाई निर्धारित २० ओभरमा १०९ रनमा सफल भएका थिए।  ११० रनको विजय लक्ष्य सहित ब्याटिंग गर्न आएका हिमालयन विधा निकेतन स्कुलका खिलाडीहरुले उत्कृष्ट ब्याटिंग गर्दै १५ ओभर ५ बलमा मार २ विकेट गुमाई शारदा नमुना स्कुलमाथि ८ विकेटको जित हात पारेका छन् । 

यसै बीच प्रतियोगिता अन्तर्गत हिजै सम्पन्न दोस्रो खेलमा एपोलो ओम सेकेन्डरी स्कुलले प्यारागन स्कुललाई हराएका छन्। टस जितेर पहिला ब्याटिंग गरेका प्यारागन स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाई मात्र ८२ रन बनाएका थिए। जवाफी ब्याटिंग गरेका एपोलोले १९ ओभर २ बल खेल्दै ९ विकेटको क्षतिमा ८५ रन बनाउदै १ विकेटको जित हात परेका छन्। १६ वटा स्कुलको सहभागिता रहेको प्रतियोगिताको सहयोगीहरुमा श्याम इन्टरप्राइजेज ( टेरा मोटरस इ-रिक्सा शो रुम ),क्वालिटी टेलर्स  एण्ड सर्टिंग शुटिंग सेन्टर लगायतका रहेका छन्। त्यस्तै प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज रहेको छ।

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.