शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा जारी क्रिकेट प्रतियोगिताको फाइनलमा बेबी एन्जल र ललकु भिड्ने

8 Views

कार्तिक २९, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ कार्तिक २९ - 
श्री राम जानकी युवा क्लव लहान -४ को आयोजनामा जारी इन्टर स्कुल टि-20 क्रिकेट प्रतियोगिताको फाइनलमा बेबी एन्जल स्कुल र ललकु उच्च मावि भिड्ने भएका छन्। प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न पहिलो सेमीफाइनल खेलमा ललकुले एपोलो स्कुललाई ८ विकेटले हराउदै फाइनल टिकट पक्का गरेका हुन्। टस जितेर पहिला ब्याटिंग गरेका एपोलो स्कुलले १७ ओभर ५ बल खेल्दै सबै गुमाई १०८ रनको योगफल तयार गरेको थियो। १०९ रनको विजय लक्ष्य सहित मैदानमा उत्रेका ललकुका खिलाडीहरुले उत्कृष्ट ब्याटिंग गर्दै १६ ओभर ४ बलमा मात्र २ विकेट गुमाई १०९ रन बनाउदै ८ विकेटको फराकिलो जित हात पार्दै फाइनलमा प्रवेश गरेका छन्। 

त्यस्तै प्रतियोगिता अन्तर्गत हिजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बेबी एन्जल स्कुलले हिमालयन विधा निकेतन स्कुललाई २७ रनले पराजित गर्दै फाइनलमा ललकु संगको भिडन्त पक्का गरेका छन्। टस जितेर पहिला ब्याटिंग गरेको बेबी एन्जल स्कुलले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२० रन बनाएको थियो। १२१ रनको विजय लक्ष्य सहित ब्याटिंग गर्न आएका हिमालयन स्कुलका खिलाडीहरु १८ ओभर ५ बलमा मात्र ९४ रनमा समेटिदा बेबी एन्जल २७ रनको जित सहित फाइनलमा प्रवेश गरेका छन्।  १६ वटा स्कुलको सहभागिता रहेको प्रतियोगिताको सहयोगीहरुमा श्याम इन्टरप्राइजेज ( टेरा मोटरस इ-रिक्सा शो रुम ),क्वालिटी टेलर्स  एण्ड ट्रेडर्स लगायतका रहेका छन्। त्यस्तै प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज रहेको छ। ललकु स्कुल र बेबी एन्जल स्कुल बीचको  फाइनल खेल भोलि बुधबार हुने आयोजकले जनाएको छ। 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.