शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न
मंसिर ४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ मङ्सिर ४ - 
सिरहा जिल्लाका सवैमतदान स्थलहरुमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालय सिरहाका सूचना अधिकारी गनपैत यादवका अनुसार मतदानकेन्द्रहरुको मत परिणाम अनुसार कम्तिमा ६० र बढीमा ७५ प्रतिशतसम्म मतदान भएको पाइएको छ। भने जिल्लामा ६६.७७   प्रतिशत मतदान भएको छ। प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीका अनुसार कर्जन्हा नपा ६ निर्वाचन स्थलबाहेक सवैठाउँमा सामान्य रुपमा मतदान भएको जनाए।कर्जन्हा नपा ६ मा विहानै मतपेटिका राख्ने विषयमा दलका प्रतिनिधीहरुसँग भएको विवाद नियन्त्रण गर्न प्रहरीले ३ राउण्ड हवाई फाएर गर्नु परेको थियो।

आज सवै मत पेटिकाहरु म्तगणणास्थलसम्म पुर्याएर भोलीमात्र मत गन्ने मूख्य निर्वाचन अधिकृत काजीवहादुर राईले जानकारी दिए। उनका अनुसार राती डिलो चाडो सवै ठाउँको मतपेटिका मतगणणा स्थलसम्म ल्याएपछि भोलीबाट गणना गर्ने सहमति भएको बताए। मूख्य निर्वाचन अधिकृत राईका अनुसार यो क्षेत्रकाका सवै उम्मेदवार र दलका प्रतिनिधी, नेताहरुलाई भोली विहान १० बजे वैठकको लागि बोलाईएको बताए। उनीहरुसँगको छलफलपछि ११ बजेबाट मतगणणा गर्ने सहमति भएको बताए।सिरहा जिल्ला क्षेत्र नम्बर १ को मतगणना लहानस्थित दुलिचन सारडा अतिथी सदनमा, क्षेत्र नम्बर २ को मतगणना धनगढीमाई नगरपालिकाको प्रशासकिय भनवमा, क्षेत्र नम्बर ३ को चन्द्र माध्यमिक विद्यालय सिरहामा र क्षेत्र नम्वर ४ को मतगणना मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा हुने मूख्य निर्वाचन अधिकृत राईले जानकारी दिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.