3 Views
फिरोज शेख लहान २०७९ मङ्सिर ८ -
सिरहा जिल्लामा जनमत पार्टीले खाता खोलेको छ। सिरहा जिल्ला क्षेत्र नम्बर ४ ( क ) प्रदेश सभामा जनमत पार्टीले खता खोलेका हुन्। जनमत पार्टीका त्रिभुवन साह ८ हजार २२९ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ। आफ्ना निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महेन्द्र पासमानलाई १ हजार १४६ मतान्तरले पराजित गर्दै साह निर्वाचित भएका छन्। महेन्द्र पासमान ७ हजार ८३ मत प्राप्त गर्दै पराजित भएका छन्। भने तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रकाश महासेठ ६ हजार ८७८ मत प्राप्त गरेका छन्।