शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जितपछि प्रतिद्वन्द्वीको घरमा एमालेको ढुंगामुढा हुँदा गोलबजारमा चक्काजाम

8 Views

मंसिर ९, २०७९ | सरगम खबर समाचारदाता

सिरहा लहान २०७९ मङ्सिर ९ - 
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नंं. ३ मा निर्वाचित भएपछिको जोशमा होस् गुमाउंदै नेकपा एमालेका कार्यकर्ताले निकटतम् प्रतिद्वन्द्वीको घरमा शुक्रबार साँझ ढुंगामुढा गरेका छन्। एमालेका लिलानाथ श्रेष्ठले सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका विश्वनाथ साहलाई १ हजार १ सय ८२ मतान्तरले पछि पार्दै आफ्नो जित निकालेपछिको जुलुसको क्रममा एमाले कार्यकर्ताहरुले गोलबजार ४ मा घर भएका साहको घरमा साँझ साढे ६ बजेतिर ढुंगामुढा गरेको माओवादी केन्द्र गोलबजारले जनाएको छ। 

यता आफ्ना नेताको घरमा ढुंगामुढा भएको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरुले शुक्रबार साँझ साढे ७ बजेदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्डमा टायर बालेर प्रदर्शन गर्दै अवरुद्ध गरेको छ। सिरहा क्षेत्र नं. ३ बाट एमालेका श्रेष्ठले २८ हजार ६४ मतसहित माओवादी केन्द्रका साहलाई पराजित गरेका थिए।  साहको घरमा ढुंगामुढा गर्नेविरद्ध कारबाही नभएसम्म अवरुद्ध सडक नखोलिने माओवादी केन्द्र गोलबजारका उमेश बरालले बताए। सडक अवरुद्धका कारण गोलबजार हुँदै चल्ने सबै प्रकारका सवारी साधनहरु रोडमै लाम लाग्दा    यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्। 

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.