8 Views
लाल बिहारी यादव २०७९ मङ्सिर २५ -
VDNL द्वारा लहानमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।Volunteer Development of Nepal Lahan ले हिजो सिरहाको लहानमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।सरसफाईले लहानको दुर्गन्ध न्युन गर्न स्वस्फुर्त VDNL का युवाहरु राज महतो ,सैलेन्द्र सिंह ,नागेन्द्र यादब,अरुण महतो ,प्रविण महतो लगायत दर्जनौ युवाहरको पुर्ण सहभागितामा सम्बन्धित क्षेत्रका फोहोरहरु एक एक गरि टिपिएका छन्।कार्क्रमको अन्त्यमा पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैताले VDNL का युवाहरुले सराहनीय काम गरेको र यसबाट लहान नगरपालिको ध्यान आकर्षन होउन भने धारणा राखेका थिए।कार्यक्रममा विहानै देखि सहभागि भई महदेवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा स्थानीय बुद्धिजिवी दिलीप कुमार यादव,पत्रकारहरु बिरेन्द्र कुमार यादब(बिरु),महेश सिंह,एलबी यादब,लनपा १ का वडा सचिब ज्ञान कुमार महतो लगायतले बिभिन्न तबरले सहयोग गरेका थिए।वक्तव्यकै क्रममा सभापति बनैताले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो। सरसफाई लहानको गोलचक्कर देखि २०० मिटर दक्षिणसम्म भएको थियो।