9 Views
लाल बिहारी यादव सिरहा लहान २०७९ पुस १७ -
लहान सिटि जेसिजको २१ औ बार्षिक साधारण सभा तथा अधिवेशन बाट लहान सिटि जेसिजको अध्यक्षमा संचारकर्मी फिरोज शेख निर्विरोध निर्वाचित भएका छन्। सनिबार सम्पन्न अधिवेशन बाट वर्ष २०२३ का लागि शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक तथा संचारकर्मी फिरोज शेखको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। लहान सिटि जेसिजको २१ औ बार्षिक साधारण सभा तथा अधिवेशन बाट अध्यक्षमा फिरोज शेख , कार्यकारीणी उपाध्यक्षमा दिनेश दास ,अमरेश महतो ,तालिम निर्देशकमा देवन ठाकुर , जनसम्पर्क अधिकारि सरोज ठाकुर , उपाधक्ष्यमा खुश्बु जयसवाल ,प्रिती साह ,बमचंद्र चौधरी र नित्यानन्द साह निर्विरोध चयन भएका छन।
त्यस्तै मनोनित पदहरु मध्ये कानुनि सल्लाहकारमा अनिल महतो ,महासचिवमा उमेश यादव र कोषाध्यक्षमा उमेश साह मनोनित भएका छन्। वर्ष २०२२ की अध्यक्ष कुमु चौधरीको अध्यक्षता तथा लहान सिटि जेसिजका सल्लाहकार तथा जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका निवर्तमान अध्यक्ष अशोकलाल अमात्यको प्रमुख आतिथ्यता तथा लहान सिटि जेसिजका संस्थापक अध्यक्ष वसन्त साहको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिवेशनका निर्वाचन अधिकृत अजय जयसवाल रहनु भएको थियो। सम्पन्न साधारण सभा तथा अधिवेशनमा लहान सिटि जेसिजमा आवध सम्पूर्ण साधारण सदस्य देखि लिएर वर्ष २००२ देखि २०२१ सम्मका पुर्व अध्यक्षहरुको उपस्तिथी रहेको थियो। वर्ष २०२३ का लागि अध्यक्षमा निर्वाचित हुनुभएका संचारकर्मी शेख वर्ष २०१५ देखि निरन्तर जेसिज अभियानमा लागिरहेका छन।