शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोटरीले स्वार्थ भन्दा माथी उठेर सामाजिक कार्य गर्नु पर्नेमा जोड
पौष २७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ पुस २७ - 
रोटरी क्कव अफ लहानको बुधबार सम्पन्न दोस्रो डिजि भिजिट कार्यक्रमका मुख्य अतिथि डिस्ट्रिक गर्भनर जितेन्द्र बहादुर राजभण्डारीले  रोटरीले स्वार्थ भन्दा माथी उठेर सामाजिक कार्य गर्नु पर्ने बताउनु भएको छ । कार्यक्रममा उहाले रोटरी बिशुद्ध सामाजिक सस्था भएकोले यस्को मर्यादालाइ माथी उठाउन रोटरीका आधारभुत मान्यताहरु भुल्न नहुने कुरा औंलाउनु भएको छ।रोठरी क्लवमा हरेक वर्ष गरिने यस्तो किसिमको कार्यक्रमले क्लवलाइ स्वच्छ, पारदर्शि मात्र नभइ उत्तरदायित्व बोध समेत गराउने उहाँले बताउनु भएको छ । सोही अवसरमा उहाले आफुसंग भएको चिज जती सकिन्छ अरुलाइ दिने बानिको विकास गर्नुनै खुसी हुने माध्यम भएको बताउनु भएको थियो ।रोटरीले संसारको ४६ हजार क्लव मार्फत सामाजिक कार्य गरिरहेको स्मरण गराउदै उहाले रोटरीको सुन्दरता ५ स्टारलाइ नभुल्न सुझाउनु भएको थियो ।

रोटरी क्लव अफ लहानका अध्यक्ष प्रदीप कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका आगामी अध्यक्ष जय प्रकाश चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सचिव गोपाल गुप्ताले कार्यक्रमको सन्चनलन गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा रोटरी क्लव अफ लहानका संस्थापक अध्यक्ष सुशील अग्रवालले स्वागत मन्तव्य राख्नु भएको थियो।

डम्फु र मृदङ्गको तालमा गाइने जोगिरा
फाल्गुन २२, २०७९ | फिरोज शेख
जन्म दिनको अवसरमा फलफुल वितरण
माघ २७, २०७९ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.