शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको १९ औ साधारण सभा सम्पन्न
पौष २८, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ पुष २८ - 
नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको १९ औ बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । लहान नगरपालिका वडा नम्बर ३ स्थिीत संस्थाकै संभाहलमा भएको साधारण सभामा प्रमुख अतिथि लहान नगरप्रमुख महेश प्रसाद चौधरीले सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्ने सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी लहान उपशाखा लाई जुनसुकै कार्य गर्नमा आफनो संहयोग रहर्ने प्रतिवद्धता व्यक्त गदै यस संस्थाले समाजसेवामा ठूलो योगदान गरेकोमा विशेष धन्यवाद दिनु भएको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाका अध्यक्ष फुलेश्वर महतोले सम्पूर्ण रेडक्रसकर्मी र अन्य संहयोगी दाताहरु को साथ ,र निरन्तर संहयोग बाटै यो संस्था यहा सम्म आउन सफल भएको बताउनु भयो । उहाँले सम्पूर्ण अभियन्ताहरुलाई  रेडक्रसका सात आधारभूत सिद्धान्तहरु अवलम्बन गर्न आग्रह गर्दै रेडक्रस सोसाइटी लहान उपशाखामा स्रोत साधन तथा उपकरणहरुको समस्या देखिएको हुनाले आ-आफ्नो स्तरबाट सहयोगका लागि आह्वान समेत गर्नु भएको छ । त्यस्तै उहाँले आगामी दिनमा लहान उपशाखाले विभिन्न जनचेतना तथा सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको समेत बताउनु भयो । कार्यक्रमा सचिव तथा कोपाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै विभिन्न सहंयोगीदाताहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो" भने विभिन्न सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।कार्यक्रममा विशिष्ट अतिथि उपमेयर राम चलितर महतो , पूर्व मन्त्रि राजलाल यादव , नेपाल रेडक्रस सोसाइटी सिराहाका सभापति राजदेव यादव , समाजसेवी राम नारायण महतो ,लायन्स क्लव अफ फुलवारीका अध्यक्ष राकेश झा ,लहान सिटि जेसिज वर्ष २०२२ कि अध्यक्ष कुमु चौधरी , लहान सिटि जेसिज वर्ष २०२३ का अध्यक्ष तथा संचारकर्मी फिरोज शेख लगायतले शुभकामना मनव्य राखेका थिए भने संस्थाका सचिव राजबाबु साहले कार्यक्रमको संचालन गरेका थिए।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.