शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वडा अध्यक्ष कप २०७९ को उपाधि लहान एकले जित्यो

7 Views

पौष ३०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ पुष ३०  -
 लहान नगरपालिका वडा न .७ को आयोजनामा आयोजित २०७९ टि–२० क्रिकेट प्रतियोगिताको उपाधि वडा न .१ ले जितेको छ। लहान नगरपालिका वडा न .१० जेएस मुरारका बहुमुखी क्याम्पसको छेउमा रहेको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा तिन पटक लगातार वडा अध्यक्ष कप जितन सफल वडा न . ८ लाई ६ विकेटले पराजित गर्दै वडा न .१ उपाधि जितन सफल भएका छन्। शनिबार सम्पन्न अन्तिम खेलमा टस जितेर पहिला ब्याटिंग  गरेको वडा नम्बर ८ ले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४२ रनको सम्मान जनक योगफल तयार गरि वडा नम्बर १ सामु  १४३ रनको विजय लक्ष्य प्रस्तुत गरेका थिए। जसमा वडा नम्बर ८ को तर्फ बाट निशान्त यादव ३६ ,अनिल शर्मा ३४ र राहुल शर्माले ११ रन बनाउदै टिमलाई १४२ रनको सम्मान जनक स्कोर सम्म पुर्याउन सफल भएका थिए। लहान ८ लाई १४२ मा रोक्न कुश मण्डल र रबिन गुप्ता सम्मान २/२ विकेट लिएका थिए। १४३ रनको विजय लक्ष्यका साथ जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेका वडा नम्बर १ का खिलाडीले राम्रो प्रदर्शन गर्दै १७ ओभर ३ वलमा ४ विकेट गुमाई १४३ रन बनाउदै टिमलाई जिताएका थिए। लहान १ को जितमा सन्तोष अधिकारि ३४ ,अमित दास २३ र अरविन्द रामले १९ रनको योगदान दिएका थिए।

यसै बीच वडा नम्बर ७ का वडा अध्यक्ष रामऔतार शर्माको अध्यक्षता तथा लहान नगर प्रमुख महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उपाधि विजेता टिम लाई नगद रु.५१ हजार, शिल्ड,मेडल संगै प्रमाण पत्र र उप-विजेता टिम लाई नगद रु.३० हजार, शिल्ड , मेडल र प्रमाण -पत्र प्रदान गरिएको थियो।  कार्यक्रममा लहान १ का वडा अध्यक्ष जुगल चौधरी,लहान ८ का अध्यक्ष श्याम साह भोरेभोर,लहान १९ का अध्यक्ष कमरुद्दीन राइन,लहान सिटि जेसिजका अध्यक्ष तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख लगायत विभिन्न संघ-संस्था बाट आएका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।यस प्रतियोगितामा लहान नगरपालिका वडा न.१,२,३,५,६,७,८,१०,१७,१९,२१ र २३ गरि जम्मा १२ वटा टिम सहभागी भएका थिए।प्रतियोगिता अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका विकी यादव म्यान अफ द सिरिज ,ऋतिक सह बेस्ट ब्याट्सम्यान ,नरेन्द्र यादव बेस्ट बलर ,बेस्ट फिल्डर उदय यादव ,बेस्ट विकेटकिपर राकेश कामैत र सन्तोष गुप्ता उदयमान खिलाडिको रुपमा पुरस्कृत भएका छन्। 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.