शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान नपा वडा न.९ मा प्रथम थारु माघी महोत्सव २०७९
माघ १, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ माघ १ - 
सिरहाको लहान नगरपालिका वडा नम्बर ९ गोठ टोलमा माघी पर्वको अवसरमा आयोजित दुई दिने प्रथम थारु माघी महोत्सव २०७९ को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। श्री लहानगोठ माघी महोत्सव मेला समितिको आयोजनामा माघ १ र २ गते लहानगोठमा सो महोत्सवको आयोजना गरिएको हो ।माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको मूल आयोजक समितिका संयोजक तथा लहान ९ का वडाध्यक्ष घुरन चौधरीले बताउनुभयो ।आइतवार र सोमवार दुई दिनसम्म हुने महोत्सवको उद्घाटन लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले गर्नु भएको छ। 

माघी महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले शुभकामना मन्तव्य सहित नेपाल एउटा बहुजाति बहुभाषिक बहुसंस्कृतिले भरिएको देश हाे । नगरको विकासका लागि सामुदायिक संस्कृतिको विकास हुन जरुरी रहेको बताउनुहुँदै प्रत्येक ब्यक्ति आफ्नो धर्म संस्कृति र रितिरिवाज जगेर्ना गर्नमा लाग्नुपर्छ। माघी महोत्सव बिशेष गरि थारुहरुकाे कला संस्कृतिको संरक्षण गर्ने एउटा अधार हाे। याे थारुहरुकाे नयाँ बर्षकाे रुपमा पनि मनाइने भएकोले लहान नगरपालिका भित्र विविन्न वडाहरुमा भिन्दा -भन्दै मनाइ रहेको महोत्सव तथा कार्यक्रमहरुलाई वर्ष २०८० देखि लहान नगरपालिकाको संयुक्त आयोजनामा एउटै मंचमा मनाउन आयोजक कमिटिहरुलाई आग्रह गर्नु भएको छ। पक्की सडक र ठूला ठूला भवन बनाएर मात्र विकास नहुने दावी गर्दै शिक्षा ,स्वास्थ्य ,रोजगार र कृषिमा आमुल परिवर्तन ल्यानु पनि विकाशका माध्यमहरु हुन्। आफु निर्वाचित भए देखि  जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता लगायत नागरिकताका लागि सिफारस जति बेला पनि निःशुल्क उपलब्ध गराइरहेको जानकारी गराउनु भयो। 

त्यस्तै कार्यक्रका विशिष्ट अतिथि नगर उपप्रमुख रामचलितर महतोले माघिको शुभकामना व्यक्त गर्दै नगरपालिकाले यस क्षेत्रका जनसमुदायलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताउनु भयो। हामी निर्वाचित भएर आएदेखि जनचाहना अनुसार विकासको काम हुन नसकेको स्विाकार गर्दै आगामी दिनहरुमा जनचाहना अनुसार विकास निर्माणको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । महोत्सवमा २९ वटा स्टल राखिएको आयोजकले जनाएको छ। 

महोत्सव उद्घाटन समारोहमा लहान नगरपालिकाका आर्थिक सल्लाहकार उमेश साह, कानूनी सल्लाहकार सन्तोष सुवेदी, लहान सिटि जेसिसका अध्यक्ष तथा पत्रकार फिरोज शेख, राससका समाचारदाता एलिना हिंगमाङ्ग चौधरी, लहान ९ का वडासदस्यहरु राजकुमार मल्ल, एस कुमार चौधरी, लहान ९ का पूर्व वडाध्यक्ष ज्वाला प्रसाद चौधरीलगायत विभिन्न संघ संस्था बाट पाल्नुभएका प्रमुख तथा प्रतिनिधिहरु,स्थानीय जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।

महोत्सवमा थारु सांस्कृतिक झल्किने झाखी प्रदर्शनी सँगै, भेषभुषा, अधिकारका सवालबारे बहसका साथै महोत्सवमा थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, थारु नृत्य प्रदर्शनी , गायक मनिष चौधरी र गायीका अनुमा चौधरीसंगै विभिन्न ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती , थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकारहरु ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँडको झोल, दारू, केराको तरुवा, सक्खरखण्ड, मासुका विभिन्न परिकार संगै माछा, घोङ्घी, सिधरा, आलु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या, अन्डिक, तेलपौर, झझ्रा रोटीलगायत परिकारहरुको प्रदर्शनी सहित थारु समुदायको पौराणिक सांस्कृतिक नृत्य र गीत मघौटा, सखिया, हुर्दगङ्वा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रङ्हवा नृत्य लगायतका विभिन्न कार्यक्रमहरुको व्यवस्थापन गरिको मूल आयोजक समितिका संयोजक समेत रहनुभएका वडा अध्यक्ष घुरन चौधरीले बताउनुभयो । कार्यक्रमको संचालन हिमालयन विधा निकेतन स्कुलका प्रमुख अमृतलाल चौधरीले गर्नु भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.