शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
६८ जना गर्भवति तथा सुत्केरीलाई खाद्यान्न वितरण
माघ २४, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ माघ २४ -
 गर्भवति तथा सुत्केरीलाई पोषणका लागि लहान नगरपालिकाले खाद्यान्न वितरण गरेको छ । आइतबार लहान नगरपालिका वडा नम्बर २३ का  ६८ जना गर्भवतिलाई खाद्यन्न वितरण गरेको हो ।मेयरमा महेश चौधरी निर्वाचित भएदेखि लहान नगरपालिकाले हरेक महिना २२ गते फरक -फरक वडामा गर्भवति तथा सुत्केरीलाई खाद्यन्न वितरण गर्दै आइरहेको छ । ‘हामीले कोरोना कहरमा गाउँगाउँमा समाजसेवा गर्दै कोरोनाबाटै पीडित भई ज्यान गुमाएकी संगीता कर्माचार्यको सम्झनामा हरेक महिना २२ गते खाद्यन्न वितरण गरिरहेका छौँ,’ मेयर चौधरीले भने,‘संगीताको समाजसेवालाई नगरपालिकाले अपन्त्व लिदैँ उहाँले थालेको अभियान निरन्तर गरिरहेका छौँ ।’म निर्वाचित भए देखि हाल सम्म ७५० जना गर्भवति तथा सुत्केरी लाई पोष्टिक आहार वितरण गरिसकेको जानकारी गराउदै पोषणका लागि खाद्यन्न वितरणबाट नगरवासी गर्भवतिहरु लाभान्वित भएको महसुस गरेको मेयर चौधरीले सुनाए।  

उपस्थित गर्भवति तथा सुत्केरीहरुलाई खाद्यन्नमा १० किलो चामल, दाल, नुन, तेल, चाना,मटर लगायत सामग्री वितरण गरेको छ । कोरोनाको समयमा ४ हजार विपन्न परिवारलाई राहत बाँड्दा बाँड्दै मेयर चौधरीले आफ्नो श्रीमती संगिता कर्माचार्यलाई गुमाएका थिए ।कर्माचार्यको राहत वितरणकै क्रममा कोरोना संक्रिमत भई उपचारको क्रममा मृत्यु भएको थियो । स्वर्गीय संगिता कर्माचार्यको सम्झनामा प्रत्येक महिनाको २२ गते राहत बाँड्ने प्रतिबद्धता स्वरुप मेयर चौधरी गर्भवति तथा सुत्केरी महिलाहरुलाई खाद्यन्न वितरण गर्दै आइरहेका छन्।

इद उल फित्रको अवसरमा विपन्नलाई सहयोग
बैशाख ८, २०८० | सरगम खबर समाचारदाता
अपडेट : कुटपिटमा परेपछि मण्डलले विषादी
चैत्र १९, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.