शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जन्म दिनको अवसरमा फलफुल वितरण
माघ २७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ माघ २७ - 
जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य हुँदै जान थालेको छ।फजुल खर्च भन्दा मानव सेवामा सकेको रकमबाट सहयोग गर्नु पर्छ भन्ने सन्देशदिनकै लागि भएपनि जन्मदिनलाई रचनात्मक र सेवामुखी बनाउनु पर्ने धारणाका साथ आफ्नो जन्म दिनलाई जनमत पार्टीका सहिद परिवार तथा आन्दोलनकारी जनमत संघका पूर्व केंद्रीय सह-संयोजक संगै लहान सिटि जेसिज वर्ष २०२३ की उपाध्यक्ष खुश्बु जयसवालले शुक्रबार आफ्नो जन्मदिनको अवसरमा प्रादेशिक असपताल लहानमा  फलफूल तथा जुस वितरण गरेका छन ।अस्पतालमा फलफूल तथा पानि वितरण गर्दै जयसवालले उपचाररत विरामीहरुको सिघ्र स्वास्थ्य लाभ र सफल उपचारका लागि समेत कामना गरेकी छिन।सोअवसरमा जनमत पार्टीका नगर अध्यक्ष सुभाष चन्द्र चौधरी ,अस्पतालका प्रमुख सुनिल प्रसाद कुशवाहा ,युवा नेता मोहन महतो लगायतको उपस्तिथी रहेको थियो।

पछिल्ला दिनहरुमा जन्म दिनलाई मानव सेवामा लगाउने कार्यले नेपाली मन र पनलाई विगतको अवस्थामा विस्तारै पुगाउन सक्ने र आपसी सद्भाव र भाईचारका सम्बन्ध देखि लिएर एक नेपालीलाई पर्ने पीडा अर्को नेपालीलाई बोध हुने गरि समाज सेवाका कार्यक्रमहरु बिस्तारै अघि बढिरहेकाले केहि हद सम्म भएपनि लक्षित समुदाय भने लाभान्वित बन्न थालेको छ।

इद उल फित्रको अवसरमा विपन्नलाई सहयोग
बैशाख ८, २०८० | सरगम खबर समाचारदाता
अपडेट : कुटपिटमा परेपछि मण्डलले विषादी
चैत्र १९, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.