शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मेची महाकाली बुहारी संयुक्त आवाज सिरहा गठन
चैत्र ७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ चैत ७ - 
महिला अधिकार र सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको भेलाले मंगलबार मेची महाकाली बुहारी संयुक्त आवाज सिरहा गठन गरेको छ ।
वि.स.२०७७ भदौ १९ गते स्थापना भएको मेची महाकाली बुहारी संयुक्त आवाज देशको सबै जिल्लामा बिस्तार भइरहेको र ५५ औं जिल्लाका रुपमा सिरहामा समिति निर्माण भएको हो । लहान स्थित लहान नगरपालिकाको सभा हलमा आयोजित अधिकारकर्मीहरुको भेलाले रिता महतोको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा रिकमा विक, सचिवमा प्रियंका महतो ,सहसचिवमा रमिता नेपाल ,कोषाध्यक्षमा अनुपम झा मनोनयन हुनु भएको छ ।समितिको सदस्यहरुमा रागिनी राय ,अमिका ,फुलो शर्मा,संगीता कुमारी चौधरी ,जानुका पराजुली ,चन्दर देवी पासवान मनोनीत हुनु भएको छ ।

महिला सशक्तीकरणका लाागि सामाजिक अभियानकै रुपमा क्रियाशील मेची महाकाली बुहारी संयुक्त आवाज मधेस प्रदेशकी सह–संयोजक रमा काफ्लेको उपस्तिथीमा नवगठित कार्यसमितिलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राम शंकर यादव ,विशिष्ट अतिथि मधेश प्रदेशका गृह तथा संचार मन्त्रि शत्रुधन प्रसाद सिंहको हात बाट प्रमाण-पत्र,परिचय पत्र तथा विधान हस्तान्तरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि यादवले घरबाटै हिंसा अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । हिंसाका घटनालाई रोक्न र महिलाको जीवनस्तर उठाउन महिला आत्मनिर्भर बन्न जरुरी रहेको उहाँले बताउनु भयो । विशिष्ट अतिथि गृह तथा संचार मन्त्रि सिंहले न्यायसम्म पहुँच नहुने, संवेदनशील घटना पनि गाउँघरमै मिलाउने, रकम लेनदेन गरी वयान परिवर्तन गर्न लगाउने कार्यले महिला तथा बालबालिकाको सुरक्षा चुनौती थपिएको बताउनु भयो ।

लहान नगरपालिका उपप्रमुख राम चलितर महतोले हिंसा र अपराधमुक्त अनी भेदभावरहित समाज निर्माणमा सबैको योगदान आवश्यक रहेको बताउनु हुँदै अहिलेको वर्तमान अवस्थामा पुरुषहरु पनि पिडित भएको हुँदा यस संस्थाले यस्ता समस्याहरुलाई ध्यानमा राखी बुहारीहरुले  पनि आफ्नो सासु ससुरा लगायत घर परिवारको हितमा हुने कार्यलाई प्राथमिकतामा राख्दै आफ्नो कर्तव्य निर्वाह गर्नु पर्ने र हिँसा भएको खण्डमा आफ्नो अधिकारका लागि आगाडी बढ्नु पर्ने कुरामा जोड दिए।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य ललिता बिद्रोही दास,जिबछी यादव, प्रमुख जिल्ला अधिकारि भोजराज खतिवडा ,लहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गाैतम,लहान सिटि जेसिजका अध्यक्ष तथा संचारकर्मी फिरोज शेख ,लायन्स क्लव अफ फुलबारीका अध्यक्ष राकेश झा,अधिकारकर्मी राज कुमार राउत,गंगा पोख्रेल,रेणु कर्ण,संचारकर्मी शिव कुमार साह लगायतले शुभकामना मन्तव्य राख्दै महिला हिंसा अन्त्यका लागि सबैले सहकार्य गर्नुपर्नेमा जोड दिदै महिला हिंसा विरुद्ध क्रियाशिल सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरेर नवगठित समितिले आफ्नो क्रियाशीलता र गतिशीलता बढाउने विश्वास व्यक्त गर्नुभयो । ईलाका प्रहरी कार्यलय लहानका डिएसपी भोला कुमार भट्ट ,शस्त्र प्रहरी बेस क्याम्पका प्रमुख, इन्सेक प्रतिनिधि दुर्गा परियार,पत्रकार दिनेश्वर प्रसाद गुप्ता,महेश सिंह लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,मेची महाकाली बुहारी संयुक्त आवाजमा आबद्ध विभिन्न शाखाका पदाधिकारी ,महिला ,नागरिक समाजका अगुवा तथा अन्य संचारकर्मीहरुको उपस्तिथिमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न कार्यक्रमको उद्घोषण संचारकर्मी रमिता नेपाल तथा अनुपम झाले गर्नु भएको थियो। कार्यक्रममा जेष्ट नागरिक लहान २४ कि बोधी देवी राम ,लहान १४ कि मुनेश्वारी देवी पासवान ,नन्दीलाल महतो गुमस्ताजी लहान , मझोलिया देवी शाह लहान -३ ,जहारी देवी महतो लहान -३ अगायत ६ जनालाई दोस्ला ओढाएर प्रमाण--पत्र संगसंगै  पोषिलो आहार सहित सम्मानित गरिएको छ।

मेची महाकाली बुहारी संयुक्त आवाजले बुहारीको मात्र नभई महिला, बालबालिकाका साथै समाजमा घट्ने हरेक घटनाको बिरुद्ध आवाज उठाउने, महिलाको क्षमता अभिबृद्धि गर्ने, पीडित र प्रभावितहरुलाई सहयोग समेत गर्दै आएको अभियानी चन्द्रा काफ्लेले जानकारी दिनुभयो।  ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.