शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान मेयर गोल्डकपको तयारी पूरा , आज ३ बजे उद्घाटन
चैत्र २२, २०७९ | फिरोज शेख

सिरहा लहान २०७९ चैत २२ बुधबार - 
हिम कस्तुरी युवा क्लब, लहान, सिरहाको आयोजनामा आज बुधबार चैत २२ गतेदेखि शुरु हुन गईरहेको लहान मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष शम्भु चौधरीले जानकारी दिएका छन् ।श्री पशुपति आदर्श माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज बागमती युवा क्लब, सर्लाही र माँ कामाख्या स्पोर्टस क्लब, बनारस (भारत) भिड्ने छन् । कुल ९ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत ३० गतेका दिन हुनेछ ।लहान नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको विशेष सहयोगीमा कस्तुरी युवा क्लब, लहान, सिरहा रहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकम बाट हुने आयोजकले जनाएका छन्। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज लहान , लहान पोष्ट राष्ट्रिय दैनिक पत्रिका र गोलनेपाल डटकम रहेका छन्। मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन आज बुधबार दिउँसो ३ बजे मेयर महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा हुने हिम कस्तुरी युवा क्लबका अध्यक्ष चौधरीले जनाए। 

लहानमा प्रथम मेयर कप पुरुष भलिबल
बैशाख ७, २०८० | फिरोज शेख
मेयर गोल्डकप : उपाधिका लागि बिरगंज
चैत्र ३०, २०७९ | फिरोज शेख
मेयर गोल्डकप : लहानलाई हराउदै सर्लाही
चैत्र २८, २०७९ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.