शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान मेयर गोल्डकप शुरु :पहिलो खेलमा सर्लाही विजय

10 Views

चैत्र २३, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ चैत २३ - 
सिरहाको लहानमा हिम कस्तुरी युवा क्लब लहान सिरहाको आयोजनामा बुधबार चैत २२ गतेदेखि लहान मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ। प्रतियोगिता अन्तर्गत सम्पन्न उद्घाटन खेलमा बागमती युवा क्लब सर्लाहीले विजय शुरुवात गरेका छन्। लहान स्थित श्री पशुपति आदर्श माविको खेलमैदानमा भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा बुधबार बागमती युवा क्लब सर्लाहीले ०१ का विरुद्ध ०३ गोल गर्दै माँ कामाख्या स्पोर्टस क्लब, बनारस (भारत) लाई हराउदै विजय शुरुवात गरेका छन्। कुल ९ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत ३० गते हुनेछ।लहान नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार नगद प्राप्त गर्नेछन।

प्रतियोगिताको विशेष सहयोगीमा कस्तुरी युवा क्लब लहान, सिरहा रहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकम बाट भइरहेको आयोजकले जनाएका छन्। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज लहान ,लहान पोष्ट राष्ट्रिय दैनिक पत्रिका र गोलनेपाल डटकम रहेका छन्। मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन  मेयर महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको कस्तुरी युवा क्लबका अध्यक्ष शम्भु चौधरीले जानकारी दिए। लहान मेयर गाेल्डकप अन्तर्गत आजको खेल विरगंज र ईटहरीबीच हुने आयोजकले जनाएका छन्।

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.