शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान मेयर गोल्डकपको तेस्रो दिनको खेलमा दमक विजय

10 Views

चैत्र २५, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ चैत २५ - 
हिम कस्तुरी युवा क्लब लहान सिरहाको आयोजनामा सिरहाको लहानमा आयोजित लहान मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा दमक झापा विजय भएका छन्। लहान स्थित श्री पशुपति आदर्श माविको खेलमैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न तेस्रो दिनको रोमान्चक खेलमा झापा दमकले काठमाडौंलाई टाईब्रेकर अन्तर्गत पेनाल्टी शुटआउटमा ३ का विरुद्ध ४ गोल गर्दै विजय भएका हुन्। निर्धारित समय भित्र कुनै पनि टिमले गोल गर्न नसक्दा खेल टाईब्रेकरमा गएको थियो। कुल ९ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत ३० गते हुनेछ। लहान नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार नगद प्राप्त गर्नेछन।

प्रतियोगिताको विशेष सहयोगीमा कस्तुरी युवा क्लब लहान, सिरहा रहेको छ । भने प्रतियोगिताको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकम बाट भइरहेको आयोजकले जनाएको छ। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज ,लहान पोष्ट राष्ट्रिय दैनिक पत्रिका र गोलनेपाल डटकम रहेका छन्। प्रतियोगिता अन्तर्गत शनिबार दिउँसो ४ बजे देखि हुने चौथो खेलमा विराटनगर र हेटौंडा आमुने -सामुने हुने हिम कस्तुरी युवा क्लब लहानका अध्यक्ष शम्भु चौधरीले जानकारी दिए।

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.