शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान मेयर गोल्डकपको सेमीफाइनलमा लहान

11 Views

चैत्र २६, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ चैत २६ - 
हिम कस्तुरी युवा क्लब लहान सिरहाको आयोजनामा लहानमा आयोजित लहान मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा लहान फुटबल टिम सेमीफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा झापा दमकलाई हराउदै लहान सेमिफाइनलमा प्रवेश गरेका हुन्। लहान स्थित श्री पशुपति आदर्श माविको खेलमैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत रोमान्चक खेलमा दमकलाई शुन्यका विरुद्ध २ गोल गर्दै लहान विजय भएका हुन्। दमकले खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्दै धेरै पटक गोल गर्ने अवसर पाए पनि खेलको " म्यान अफ द म्याच " घोषित भएका लहानका गोल रक्षक सुजित चौधरीले गोलमा परिणत हुन् दिएनन। हजारौ दर्शकहरुको उपस्तिथी रहेको खेलमा लहानका खिलाडीहरुको होस्ला बढाउन लहानका मेयर महेश प्रसाद चौधरी पनि खेल मैदानमा पुगेका थिए। 

लहान नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार नगद प्राप्त गर्नेछन। प्रतियोगिताको विशेष सहयोगीमा कस्तुरी युवा क्लब लहान, सिरहा रहेको छ । प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज ,लहान पोष्ट राष्ट्रिय दैनिक पत्रिका र गोलनेपाल डटकम रहेका छन्। कुल ९ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत ३० गते हुनेछ। प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो ४ बजे देखि हुने पहिलो सेमी फाइनल खेल बिरगंज युनाईटेड पर्सा र हेटौडा मकवानपुर हुने हिम कस्तुरी युवा क्लब लहानका अध्यक्ष शम्भु चौधरीले जानकारी दिए।

 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.