शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हेटौडालाई हराउदै विरगंज फाइनलमा

12 Views

चैत्र २७, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ चैत २७ - 
विरगंज युनाइटेड पर्सा सिरहाको लहानमा जारि लहान मेयर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। हिम कस्तुरी युवा क्लब लहान सिरहाको आयोजनामा लहानमा आयोजित लहान मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न पहिलो सेमीफाइनलमा हेटौडा मकवानपुरलाई शुन्यका विरुद्ध तिन गोल गर्दै विरगंज फाइनलमा प्रवेश गरेका हुन्। लहान स्थित श्री पशुपति आदर्श माविको खेलमैदानमा भइरहेको प्रतियोगिता अन्तर्गत रोमान्चक खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्दै हेटौडालाई पहिलो हाफमा १ गोल र दोस्रो हापमा २ गोल गर्दै विरगंज विजय भएका हुन्। हजारौ दर्शकहरुको उपस्तिथी रहेको खेलमा हेटौडाका खिलाडीहरु खेल अबधिभर राम्रो खेल प्रदर्शन गरे पनि बललाई गोल पोष्टमा छिराउन सकेंनन। खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका वीरगंजका विकास चौधरी " म्यान अफ दि म्याच " घोषित भए।

लहान नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछन भने उपविजेताले १ लाख ५० हजार नगद प्राप्त गर्नेछन। प्रतियोगिताको विशेष सहयोगीमा कस्तुरी युवा क्लब लहान सिरहा रहेका छन्। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज ,लहान पोष्ट राष्ट्रिय दैनिक पत्रिका र गोलनेपाल डटकम रहेका छन्। कुल ९ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने चैत ३० गते हुनेछ। प्रतियोगिता अन्तर्गत मंगलवार दिउँसो ४ बजे देखि हुने दोस्रो सेमी फाइनल खेल लहान फुटबल टिम सिरहा र वागमती युवा कल्व सर्लाही बीच हुने प्रतियोगिताका संयोजक लहान -१ का वडा अध्यक्ष जुगल चौधरीले जानकारी दिए।

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.