शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मेयर गोल्डकप : उपाधिका लागि बिरगंज र सर्लाही भिड्दै

11 Views

चैत्र ३०, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ चैत २८ -
सिरहाको लहानमा जारि लहान मेयर गोल्डकप प्रतियोगिता अन्तर्गत आज हुने फाइनलमा खेलमा बिरगंज युनाइटेड पर्सा र वागमती युवा क्लव सर्लाही भिड्दै छन्। हिम कस्तुरी युवा क्लब लहान सिरहाको आयोजनामा आयोजित लहान मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज हुने फाइनल खेलमा उपाधिका लागि विरगंज र सर्लाही भिड्न लागेका हुन्। लहान स्थित श्री पशुपति आदर्श माविको खेलमैदानमा हुने फाइनल खेल आज दिउँसो ३ बजे देखि सुरु हुने आयोजकले जनाएका छन्।

लहान नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछन भने उपविजेताले १ लाख ५० हजार नगद प्राप्त गर्नेछन। प्रतियोगिताको विशेष सहयोगीमा कस्तुरी युवा क्लब लहान सिरहा रहेका छन्। प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज ,लहान पोष्ट राष्ट्रिय दैनिक पत्रिका र गोलनेपाल डटकम रहेका छन्। यसै बीच बुधबार लहान नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र नगरपालिकाका कर्मचारी बीच भएको मैत्री पूर्ण खेलमा कर्मचारी समुह विजय भएका छन्। कर्मचारी समुहले १ का विरुद्ध ३ गोल गर्दै  विजय भएका हुन्।

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.