शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु

12 Views

बैशाख ७, २०८० | फिरोज शेख


फिरोज शेख लहान २०८० बैशाख ७ -  
सिरहाको लहानमा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। बुधबार देखि लहानकाे पशुपति आदर्श माविको फिल्डमा सुरु भएको पहिलो भलिबल खेलमा लहान-११ र दोस्रो खेलमा सुखीपुर विजयी भएको भएका छन्। प्रतियोगिताको उद्घाटन मेयर महेश प्रसाद चौधरी र उपमेयर रामचलितर महताेले गरेका थिए। सिङ्गराही सामुदायिक युवा क्लव लहान -१ को आयोजना र लहान नगरपालिकाको आर्थिक सहयोगमा संचालित प्रतियोगिताको उद्घाटन खेलमा लहान -११ पडरियाले खडक नगरपालिका सप्तरीलाई हराउदै विजय सुरुवात गरेका छन्। भने होजो नै सम्पन्न दोस्रो खेलमा सुरुङ्गा नगरपालिका सप्तरीलाई हराउदै सुखीपुरले समेत सुखद सुरुवात गरेका छन्। कार्यक्रमको उद्घाटन सत्र सिङ्गराही सामुदायिक युवा क्लवका अध्यक्ष जय प्रकाश चौधरीको अध्यक्षता तथा मेयर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उद्घाटन सत्रमा उपमेयर राम चलितर महतो ,लहान १ का वडा अध्यक्ष युगल किशोर चौधरी ,कस्तुरी युवा क्लवका अध्यक्ष साज कुमार आले ,लहान सिटि जेसिजका अध्यक्ष फिरोज शेख ,संचारकर्मी एम महतो ,शम्भु यादव लगायतको उपस्तिथी रहेको थियो। विभिन्न संस्कृतिक कार्यक्रम सहित शुरु भएको कार्यक्रमा स्वागत मन्तव्य पशुपति आदर्श माविका प्रधानाध्यापक डा.महेन्द्र प्रसाद चौधरीले राख्नु भएको थियो। कार्यक्रमको उद्घोषण लहान नगरपालिकाका आर्थिक सल्लाहाकार उमेश साहले गरेका थिए। यसै बीच प्रतियोगिता अन्तर्गत आज बिहीबारको खेलमा दाक्नेश्वारी नगरपालिका सप्तरी र त्रियुगा नगरपालिका उदयपुर, रुपनी गाउँपालिका सप्तरी र लहान नगरपालिका , लहान नगरपालिका -१ र सुखिपुर नगरपालिका आमुनेसामुने हुने आयोजकले जनाएका छन्। 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.