शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा विजय र्याली सहित दिप प्रज्ज्वलन
बैशाख २०, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० बैशाख २० - 
एसीसी प्रिमियर कप क्रिकेटमा ऐतिहासिक जित निकाल्दै नेपालले एसिया कपमा स्थान बनाएको खुसियालीमा सिरहाको लहानमा विजय र्याली सहित दिप प्रज्ज्वलन गरिएको छ। लहान क्रिकेट क्लवको अगुवाईमा भएको विजय र्याली तथा दिप प्रज्ज्वलन कार्यक्रममा लहान क्रिकेट क्लवका अध्यक्ष राकेश अधिकारी ,लहान सिटि जेसिजका अध्यक्ष फिरोज शेख ,नेपाल महिला राष्ट्रिय क्रिकेट टिमका खिलाडी ममता चौधरी,सरस्वती कुमारी चौधरी,कविता गौतम ,अनु चौधरी ,आरती चौधरी लगायत मधेश प्रदेश क्रिकेट संघका खिलाडी छनोटकर्ता अनिल शर्मा ,पुर्व खिलाडी लक्ष्मी सहनी ,दिपक वर्मा ,अर्जुन भुजेल ,अरविन्द राम , संजय चौधरी, युवा खिलाडी राकेश कामैत सहित लहानका वर्तमान खिलाडीहरुको उपस्तिथी रहेको थियो।

मौसमका कारण सोमबार र मंगलबार गरी दुई दिन भएको उपाधि भिडन्तमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान बनाएको हो।युएईविरुद्ध १ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि गुल्सन झाले नटआउट ६७ रनको अर्धशतकीय पारी खेल्दा भीम सार्कीले नटआउट ३६ रन बनाए।त्यसअघि सोमबार र मंगलबार बिहान भएको फाइनल खेलको पहिलो इनिङ्समा नेपालले युएईलाई ३० दशमलब १ ओभरमा ११७ रनमाअलआउट गरेको थियो । नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी र गुल्सन झाले एक–एक विकेट लिएका थिए।

योसँगै नेपालले घरेलु मैदानमा एसीसी प्रिमियर कपको उपाधि उचालेको छ भने आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान सुरक्षित गरेको छ । एसिया कपमा स्थान बनाएको नेपालले समूह एमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।समूह बीमा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । सन् १९८४ मा सुरु एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाउने छ। 
 

लहानमा प्रथम मेयर कप पुरुष भलिबल
बैशाख ७, २०८० | फिरोज शेख
मेयर गोल्डकप : उपाधिका लागि बिरगंज
चैत्र ३०, २०७९ | फिरोज शेख
मेयर गोल्डकप : लहानलाई हराउदै सर्लाही
चैत्र २८, २०७९ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2023 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.