शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विश्व साईकलयात्री मानन्धरलाई लहान सिटि जेसिज द्वारा स्वागत तथा सम्मान

8 Views

असाड १३, २०८० | सरगम खबर समाचारदाता

नुरसमा परविन,लहान २०८० असार १३ - 
विश्व साईकलयात्री रामचन्द्र मानन्धरलाई लहान सिटि जेसिजले लहानमा स्वागत तथा सम्मान गरेको छ । हेटौंडा निवासी मानन्धरलाई भेटघाटको क्रममा लहान सिटि जेसिज वर्ष २०२३ का अध्यक्ष फिरोज शेख ,महासचिव उमेश यादव , कोषाध्यक्ष उमेश साह ,कार्यसमिति सदस्य उपेन्द्र यादव , पुर्वअध्यक्ष उमेश चौधरी,बसन्त साह लगायतले  स्वागत तथा सम्मान गरेका हुन्। विश्व मानव हितका लागि विश्वमा शान्ति, नि:शुल्क स्वास्थ्य तथा शिक्षा , जैविक उत्पादन गरौं भन्ने मूल नाराका साथ विश्वका करिब २०० देशहरुको भ्रमण  गर्ने लक्ष्य बोकेका हेटौंडा ६ चौघडा निवासी विश्व साइकल यात्री रामचन्द्र मानन्धर सिरहाको लहानमा आएका बखत स्वागत तथा सम्मान गरिएको हो।अहिलेसम्म ३३ वटा देशको यात्रा सम्पन्न गरिसकेका मानन्धरले विश्व शान्तिका अग्रदुत गौतम बुद्ध जन्मेको देश नेपाल, विश्वको सर्वोच्च शिखर सगरमाथा सहित आठ हजार मिटर भन्दा अग्ला आठ हिमाल भएको एकमात्र देश नेपाल, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल, विश्वको सबैभन्दा उचाइमा धान फल्ने नेपालको जुम्ला जिल्लाको छुमचौर र पातरासी जस्तो ठाउँ तथा विश्वको सबैभन्दा गहिरो अन्ध गल्छी जस्ता विशेषताहरुले भरिपूर्ण देश नेपालको परिचय गराउदै नेपालको झन्डा फरफराउदै नेपालको पर्यटन क्षेत्रलाई विश्व सामु परिचित गराउदै विदेशी पर्यटकहरुलाई आकर्षित गर्दै मानन्धर विश्व भ्रमणमा रहेको बताए।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउनका लागि मानन्धरको यो यात्रा व्यक्तिगत मात्र नभएर साझा नेपालीहरुको प्रतिनिधि मूलक यात्रा हो भन्दा पनि फरक नपर्ला। ६३ वर्षको उमेरमा पनि मानन्धरमा देखिएको राष्ट्रप्रतिको मोह, उर्जा , जोश र जांगरलाई सम्मान गर्नै पर्छ। एउटा साइकलमा देशको राष्ट्रिय झन्डा र लगभग ३० के. जी. को भारी बोकेर पसिनाका धारा बगाउदै गरेको उनको मिहिनेत र परिश्रमको सम्मान गर्दै लहानमा उहाँलाई अहिले सम्म लहान सिटि जेसिज,रोटरी क्लव अफ लहान, लायन्स क्लब अफ लहान सनसाइन लगायतका संघ -संस्थाले  स्वागत तथा सम्मान गरिसकेका छन्। 
 

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.