12 Views
फिरोज शेख लहान २०८० श्रावन २९ -
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले शारीरिक रुपले अस्वस्थ्य रहेका व्यक्तिका लागि कृतिम हातखुट्टा लगाउने उदेश्यले नापजाँच सिविरको आयोजना गर्न लागेका छन्।मारवाडी युवा संगठनद्वारा आयोजित तथा नारायण सेवा संस्थान उदयपुर,भारतको प्राविधिक सहयोगमा कोशी प्रदेश ,झापा जिल्लाको बिर्तामोड र मधेश प्रदेश,सिराहा जिल्लाको लहानमा कृतिम हात खुट्टा नापजाँच सिविरको आयोजना हुन लागेको नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका नेशनल कोडीनेटर विकास यज्ञराज अग्रवालले जानकारी दिए । उनका अनुसार पूर्णतया नि:शुल्क रहेको उक्त शिविर भदौ २४ गते लहान ७ मा अवस्थित मारवाडी सेवा सदन लहानमा सञ्चालन हुने छ। यस्तै, बिर्तामोडमा भदौ २२ गते सिविर सञ्चालन हुने कार्यक्रम तय भएको अध्यक्ष सारडाले जनाए ।उक्त शिविरमा नारायण सेवा संस्थान उदयपुरबाट आएका प्राविधिकहरु द्वारा शारीरिक रूपले अस्वस्थ हात खुट्टा नभएका व्यक्तिहरुको कृतिम हात खुट्टा निर्माणका लागि नापजाँच गरिनेछ। कृतिम अंग भारतको उदयपुरमा निर्माण हुने र निर्माण गर्न डेढ दुई महिनाको समय लाग्ने र निर्माणपश्चात् वितरण हुने उनले जानकारी दिए ।