शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला ट्राफिक प्रहरी प्रमुखमा डमर बहादुर पुरी
भाद्र ७, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० भदौ ७ - 
जिल्ला ट्राफिक प्रहरी कार्यलय सिरहाको प्रमुखमा डमर बहादुर पुरी आउनु भएको छ। बिराटनगर निवासी पुरी ट्राफिक नियमको पालना गरे सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनु भएको छ। जिल्ला ट्राफिक प्रहरी कर्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढेको बताए । अहिलेको अवस्थामा हुलाकी राजमार्गमा ट्राफिक जनचेतना अभावको कारण सबारी दुर्घटना बाढीरहेकोले हुलाकी मार्गमा ट्राफिकको डयुटिसङै क्यामरा जडान ,नियम मिच्नेलाई फाइन मात्र होइन कानुनी उपचार समेत गर्ने पुरिले बताए ।मधेशमा अव्यवस्थित सहरीकरण, सहरी क्षेत्रको बढ्दो जनघनत्व, अटोमोबाइल क्षेत्रमा भएको उन्नति, मानिसहरूको जीवनशैलीमा आएको परिवर्तन द्रुत गतिमा वृद्धि भइरहदा सवारी चापका कारण हाल ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनिकरण गर्न ठुलो चुनौती भएको भन्दै ट्राफिक नियमको पालना सहित मोटरसाइकल वा स्कुटर चलाउदा अनिवार्य रुपमा हेल्मेट लगाउन ट्राफिक प्रमुखले आग्रह समेत गरेका छन्।   

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.