शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोटरी क्लव द्वारा रक्तदान कार्यक्रम सम्पन्न

13 Views

भाद्र ३०, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० भदौ ३० गते -   
रक्तदान जीवन दान भन्ने मूल नाराका साथ रोटरी क्लव अफ लहानले आयोजना गरेको बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वर्तमान अवस्थामा विरामिहरुका लागी चाहिने रगतको चरम आभाव देखिएको हुँदा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा रेडक्रस सोसाईटी लहानको प्राविधिक सहयोग र लहान मोबाइल संघ संगै लिट्टिल स्टार उच्च मावि लहानको सहकार्य रहेको थियो। लहान -८ नव निर्मिल एल जी शो रुम स्थित सम्पन्न एक दिने रक्तदान कार्यक्रममा ३८ जना रक्तदाताहरुले रक्तदा गरेको रोटरी क्लव अफ लहानका अध्यक्ष जय प्रकाश चौधरीले जानकारी दिए।

कार्यक्रममा रोटरी क्लवका अध्यक्ष चौधरी संगै संस्थापक अध्यक्ष सुशील अग्रवाल, पुर्व अध्यक्ष अशोकलाल अमात्य ,वर्ष २०२४/२०२५ का लागि अध्यक्षमा मनोनित हुनु भएका डा.शुभाष बाबु साह र वर्ष २०२५ /२०२६ का लागि मनोनित हुनु भएका सिद्धिराज अग्रवाल,निवर्तमान अध्यक्ष प्रदिप कुमार गुप्ता ,सचिव सुनिल चौधरी ,कोषाध्यक्ष नागेन्द्र साह लगायत सदस्यहरु सुनिल चौधरी ( प्यासेफिक ) ,पवन मुन्धडा ,पुनम चौधरी ,गोपाल गुप्ता ,प्रदीप साह ,शिवान्नद चौधरी,शंकर चौधरी,निरज गुप्ता लगायतको उपस्तिथी रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीहातहरु संगै रक्तदाताहरुमा रोटरी क्लव लहान परिवार धन्यवाद ज्ञापन गर्दे आभार प्रकट गरेका छन्।

 

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.